डा.सुदीप भट्टराईको शब्द ,संगीत र स्वरमा ‘लन्डन पेरिस’ सार्वजनिक (भिडियो)

इनेप्लिज २०७९ साउन १४ गते १९:५४ मा प्रकाशित

गायक डा.सुदीप भट्टराईको नयाँ गीत ‘लन्डन पेरिस’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। डा.सुदीपको नै शब्द ,संगीत रहेको गीतको भिडियोमा अहिलेका ब्यस्त कलाकार केकी अधिकारी र कमल सिंहको अभिनय रहेको छ ।

उत्तम हुमागाईको छाँयाकंन र बिकाश धमलाको सम्पादन तथा रंग संयोजन रहेको भिडियोलाइ निकेश खड्काले निर्देशन गरेका हुन् । गायक आफैले लेखेको भिडियोको कथा उत्कृष्ट बनेको देखिन्छ । भिडियोलाई गायकको अफिसियल युट्युब च्यानल “Sudip Bhattarai” मार्फत सार्वजनिक गरिएको छ। गायक डा.सुदीप भट्टराईको यसअघि सार्वजनिक ‘नै नै नै झापाली क्लब गीतलै दर्शकले धेरै मन पराएका थिए ।

प्रतिक्रिया