गजल
रविन थपलिया क्यानडा
२०७९ साउन १४ गते ९:५५ मा प्रकाशित
आगो बास बसेपछि लुकेर म आँउछु पर्ख
बोकि रातो गुलाब त्यो झुकेर म आँउछु पर्ख।
दुनियाँको नजर हुन्छ हुर्किएकी चेली तिमी
कतै रुखमा कतै पातमा लुकेर म आँउछु पर्ख।
बाआमा सुते पछी जुनतारा उदाँउनेछन
घरको बत्ति निभ्दा सम्म ढुकेर म आँउछु पर्ख।
फूल फुल्छ कहिलेकाहीँ काँडा सधै गुलाबको
घोच्ने छेक्ने धेरै आउँछन् थुकेर म आँउछु पर्ख।
थाहै हुन्न कति खेर आँधिहुरी चल्छ यता
बाढी पहिरो आए पनि रुकेर म आउँछु पर्ख।
रविन थपलिया
क्यानडा
अमेरिकाको बाल्टिमोर र न्यूयोर्कमा ‘को–हजबेण्ड’
अमेरिकाको न्युयोर्कमा २८ औं अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस भब्यताका साथ मनाइयो
मेरिल्याण्डको एक बिद्यालयमा बमको धम्कि दिने किशोर पक्राउ
क्यालिफोर्नियाको मध्य आकाशमा २ वटा विमान ठोक्किँदा ३ जनाको मृत्यु
अमेरिकाको मिजौरीको एक घरमा इन्धन विष्फोटमा बाबुको ज्यान गए पछि ३ वर्षीया बालिकाको पनि मृत्यु
प्रतिक्रिया