सुरेन उप्रेती अटवा,
बुधवार, जुलाई २७,२०२२, तदनुसार बिहिबार, श्रावण १२गते,२०७९ का दिन स्रस्टा साँझ अमेरिकाले रचना संगीत तथा स्वरकार्यक्रमको आयोजना गर्यो । भर्चुवल माध्यमबाट भएको सो कार्यक्रममा नेपाली साँगीतिक आकाशका चर्चित गीतकार ज्ञानेन्द्र गदाल र चर्चित संगीतकार तथा गायक नरेन्द्र प्यासी हुनु हुन्थ्यो । २०३०सालमा रेडियो नेपालबाट स्वर परिक्षा उतिर्ण गरेर श्री प्यासीले गीत गाउन थाल्नु भएको हो । त्यस्तै गरी २०४०सालमा गीत रेकर्ड गराएर श्री गदालले गीतकारको उपमा थप्नु भयो ।
आधा शताब्दी हुन लाग्दा पनि उही जोस र जागरका साथ निरन्तर लागि रहनु चानचुने कुरा हैन । अझ प्रवासमा रहेर मातृ भाषा र मातृभूमिका बारेमा निरन्तर लाग्नु सानो तपश्या हैन । चारदशक देखि निरन्तर सृजना गरेर नेपाली भाषा साहित्य र संस्कृतिलाई हराभरा बनाउनु सानो कुरा हैन । गीतकार गदालको प्रथम रेकर्डेड हृदयभरी सजाई दिन्छु भन्ने गीतलाई शम्भु राई र चम्पा थुलुङ्गको स्वरमा रेडियो नेपालमा रेकर्ड भएको हो । सम्झनाका घाउहरू २०४२ सालमा म्युजिक नेपालमा रेकर्ड भयो । दिन ढल्यो अँधेरी रातमा यशोदा पराजुलीको स्वर र गणेश पराजुलीको संगीतमा रेडियो नेपालमा रेकर्ड भएको चर्चित गीत हो ।
त्यस्तै गरी २०३०सालमा रेडियो नेपालबाट स्वर परिक्षा पास गरेर निरन्तर संगीत सृजना र गायनमा लाग्नु भएका नरेन्द्र प्यासीका केभुल भयो र पृय जस्ता कालजयी गीतहरू छन् । उहाँका सयौँ कर्णपृय गीतहरू श्रोताका मनमा बसेका छन् ।
कार्यक्रम ईनेप्लिजको फेसबुक र स्रष्टा साँझ अमेरिकाको फेसबुकमा लाईभ प्रसारण भएको थियो । उक्त कार्यक्रममा संसार भरीबाट थुप्रै दर्शक र श्रोताहरूको सहभागिता रहेको थियो । “रचना संगीत तथा स्वर” सुन्दर गीतका अपरिहार्य तत्वहुन । यी सबै एकअर्काका परिपुरक छन् ।यी तीन नदीको त्रिवेणीबाट मात्र सुन्दर समुन्द्रको परिकल्पना गर्न सकिन्छ । वर्तमान समयमा रचनाकार र संगीतकारहरू ओझेल पर्दै गएको अवस्था छ । धरै गीतकार र संगीतकारलाई श्रोताहरूले चिनेको हुँदैन । हुँदा हुँदा गायक र गायिकाहरूलाई नायक र नायिकाहरूले विस्तापित गर्न अवस्था सीर्जना भएको छ । यो अवस्थालाई कसरी परिवर्तन गर्न सकिन्छ । अर्थात ती गुमराहमा रहेका सर्जकहरूलाई श्रोता सामु परिचित कसरी गराउन सकिन्छ । भन्ने सोचबाट नै यो कार्यकक्रमको शुरूवात भएको हो । कार्यक्रकमका सहज कर्ता द्वय सुरेन उप्रेती र सुनिता बस्नेत थापाले कार्यक्रमलाई अगाडि बढाउने क्रममा प्रकाश पार्नु भयो । स्रस्टाहरूले देश छोडेर गए । मातृभूमिलाई बिर्सिए भन्नेहरूलाई के भन्नु हुन्छ भन्ने जिशाषामा श्री गदाल भन्नु हुन्छ । उहाँहरूले त्यस्तो प्रश्न गर्नु भन्दा पहिला एक पटक आफैँलाई सोध्ने हो भने अवश्य पनि त्यस्तो प्रश्न गर्नु हुने थिएन । देश बाहिर बसेर देशको भाषा संस्कृति कलाहरूमात्र हैन देश संबृद्धिमा पनि प्रवासले ठूलो योगदान पुर्याएको छ । देशमा विपद पर्दा करोडौँको सहयोग जुटाएको छ । रात दिन काम गरेर देशको पहिचान बढाएको छ भन्नु भयो । सोही प्रश्नमाथि प्रकाश पार्दै श्री प्यासीले कुर्सीमा बसेर केही नगर्ने र कुर्सीमा नबसी केही गर्नेहरूको भिन्नता जस्तै हो । नेपाली भाषा साहित्य संगीतलाई प्रवासमा पहिचान गराउन सकेकोमा नेपाल र नेपालीले गर्व गर्नु पर्ने कुरा हो भन्नु भयो । स्रस्टाहरूको पहिचान जोगाई राख्नका लागि पर्दापछाडी र अगाडीका सबै कलाकारहरूलाई सम्झनु पर्दछ । रिमिक्सबनाउने नाममा गीतको लय ताल र भावलाई नै नष्टहुने गरी तोडमोड गर्न आफ्नो सहमति नरहेको कुरा पनि गायक प्यासीले बताउनु भयो ।
स्रस्टाहरूको परिचय हराउने पुराना र स्थापित गायक संगीतकारहरूको अस्तित्व भाइरलकलाकारहरूको उपस्थितिले मेटाउने स्थिति सृजना भएकोमा सहभागिहरूले चिन्ता प्रकट गरे । सबैले पहिचानको लागि लड्नु पर्ने र सम्बन्धित निकायले यसको संरक्षण गर्नु पर्ने सबैको राय थियो । कार्यक्रममा सन्सारका बिभिन्न ठाउँबाट जोडिएका संगीतप्रेमीहरूलाई समेत बिभिन्न प्रश्नहरू सोधेर सहभागि गराइएको थियो । कार्यक्रमको आकर्षक व्यानर गीतकार सुनिता बस्नेत थापाले बनाउनु भएको थियो ।
कार्यक्रमको अन्त्यमा स्रष्टा साँझ अमेरिकाका अध्यक्ष प्रभात दिक्षितले गीतकार, संगीतकार, तथा गायकलाई धन्यबाद दिनु भयो । भाईरलहरू भनेका बर्षाका भेलहरू जस्तै हुन । कँही कतै आफ्नो गीत प्रस्तुत भएको र पहिचान गराउँने काम गरिएको छैन भने स्रस्टाहरूले आवाज उठाउँन सक्नु पर्छ । तबमात्र पहिचान रहन्छ । खहरेको गड्गडाहटले लामो समय थेग्न सक्दैन । तर आफुलाई समयानुकुल परिवर्तन गर्दै लानु पर्छ श्री दीक्षितले भन्नु भयो । देश विदेशबाट कार्यक्रममा सहभागीहुनु हुने श्रोता तथा दर्शक र ईनेप्लिजडटकमका बिजय थापा र सहजकर्ता द्वयलाई पनि धन्यवाद दिनु भयो ।
प्रतिक्रिया