टोरोन्टो, क्यानेडियन नेवाः गुठिअन्तर्गत गठित मिसा पुचः ले “नेवाः भ्वय्” आयोजना गर्ने भएको छ। गुठिको हालै बसेको कार्य समितिको बैठकले सो निर्णय गरेको हो । गुठिको मासिक बैठक बर्षको एकपटक प्राकृतिक बाताबरणमा गर्ने परम्परा अनुसार टोरोन्टो स्थित सन्नीब्रुक पार्कमा गरिएको थियो । बैठकमा नेवाः भोज बारे जानकारी दिनु हुदै समुहका संयोजक रन्जना सैन्जु तथा चन्दा श्रेष्ठले सो नेवाः भोज आगामी अगस्ट २७ तारिक, शनिबार को दिन मिसिसागा स्थित प्रीत पालेस बान्क्वेट हलमा संचालन गरिने बताउनु भयो ।
सो नेवाः भोजमा नेवा परिकारहरु नेवाः परम्परा अनुसार पलेटी कसेर बसेको ठाउँमानै स्वयंसेबकहरुले सेवा पुर्याइने जानकारी दिनु भयो । भोज पश्चात अतिथिहरुको मनोरन्जनार्थ नेवा संस्कृति अनुसारको नृत्य, लाखे नाच, धिमे नृत्य, चर्या नृत्य, कुमारी प्रदर्शन पनि गरिने बताउनु भयो । ओन्टारियोमा पहिलो पटक आयोजना गर्न लागिएको सो कार्यक्रम भब्य रुपमा सफल पार्न प्रायोजक लगायत सबैलाई महिला समुहले आह्वान गरेको छ । नेवाः संस्कृतिको प्रबर्द्दनलको साथै क्यानडाको बहु सास्कृतिक इन्द्रेणीलाई अझ बढि सशक्त बनाउने उद्देश्यले आयोजना गर्न लागिएको सो कार्यक्रममा स्थानिय मेयर तथा सांसदहरुलाई पनि आमन्त्रण गरिने आयोजक समुहले बताउनु भयो ।
सोहि बैठकले गुठिको रिक्त रहेको कोषाध्यक्ष पदमा कार्यसमिति सदश्य राजेन्द्र महर्जन तथा सह कोषाध्यक्षमा कार्यसमिति सदश्य चन्दा श्रेष्ठलाई नियुक्त गरिएको थियो । बैठकमा नेवाः परिकारको समे बजिको ब्यबस्था गरिएको थियो भने बैठक पछि मनोरजनार्थ गीत संगीत प्रस्तुत गरिएको थियो ।
प्रतिक्रिया