खोजेको छु मैले तिम्रो साथ कहिले पाईएला
यो मनमा लागेको मायाको तिर्खा कहिले मेटिएला
त्यो डाडा, त्यो बस्ति घुमेर हिड्दा यो मन तरङ्गित हुन्छ
उनिसँग घुमेका पलहरु सम्झेर मेरो मन रमाउछ
उनको झल्को, उनको यादमा यो जिवन बितला
खोजेको छु मैले तिम्रो साथ कहिले पाईएला
पानी भर्न पधेरीमा जान्थ्यो हामि त्यो पारि डाडामा
तिमिले गाएको गित गुन्जिरह्यो पिरतिको भाकामा
तिम्रो मिठो गितले यो मेरो मन खिचेको बेला
खोजेको छु मैले तिम्रो साथ कहिले पाईएला
तिम्रो याद आएर खोज्न हिडे म तिम्रो गाउँमा
खोजि हिडदै गएपछि भेट भयो हाम्रो घरमा
तिमि सँग भेट भए यो मन खुसि भईरहला
खोजेको छु मैले तिम्रो साथ कहिले पाईएला
प्रतिक्रिया