चुरोट

अरुणबहादुर खत्री “नदी” २०७९ साउन ३ गते ११:२० मा प्रकाशित

मेनुका आफ्नो छोरा गणेशलाई पेट दुखेर डायरिया भएकोले औषधी किन्न पैसा आफूसँग नभएर छोरी छिमेकी घरको निर्मलाकहाँ पैसा सापटी माग्न पुगिन् । “आज गणेशलाई पेट दुखेर डायरिया भएकोले औषधी किन्न हजुरसँग पैसा सापटी माग्न आएको हुँ” मेनुकाले निर्मलासँग भनिन् । “तिमीलाई मैले जतिखेर देख्दा पनि चुरोट खाएको देख्छु पक्कै पनि तिमीले चुरोट खान पैसा नभएर सापटी माग्न आएको हुनुपर्छ” निर्मलाले भनिन् । “हजुर मैले चुरोट खान किन पैसा सापटी माग्न आउँछु र गणेशलाई पेट दुखेर सञ्चो नभएकोले औषधी किन्न पैसा नभएकोले सापटी माग्न आएको हुं हजुरलाई मैले सत्य कुरा भनेको छु” मेनुकाले भनिन् ।

“तिमीसँग चुरोट खान पैसा हुने छोरालाई सञ्चो नभएर औषधी किन्न पैसा नहुने म त छक्क पर्छु तिम्रो कुरा सुन्दा” निर्मलाले भनिन् । “चुरोट किन्न धेरै पैसा चाहिदैन औषधी महंगो हुन्छ औषधी किन्न मसँग पाँच सय रुपैँया जति नपुगेको हुंदा हजुरसँग सापटी माग्न आएको हु नि” मेनुकाले भनिन् । “आजैदेखि तिमीले चुरोट खान छाडिदेऊ चुरोटले तिम्रो स्वास्थ्यलाई नराम्रो असर गर्छ अनि औषधी किन्न कहाँ सक्छौ र ?” निर्मलाले भनिन् । “हजुरको कुरा मलाई सही लाग्यो म आजैदेखि चुरोट खान छाड्छु मेरो घरमा सिंगै एक बट्टा चुरोट बाँकी छ म त्यो चुरोट किनेको पसलमा लगेर फिर्ता दिन्छु र त्यो पैसाले बिस्कुट किनेर ल्याउँछु नि” मेनुकाले भनिन् । मेनुकाले त्यसो भनेपछि निर्मलाले पाँचसय रुपैँया मेनुकालाई ब्यागबाट निकाले दिइन् मेनुका खुसी हुँदै छोरालाई पेट दुखेको औषधी किन्न मेडिकलमा पुगिन् ।

सामाखुसी मार्ग, ९३५÷५४
मोबाइल ९८४१७९७६६४
काठमाडौं (नेपाल)

 

 

प्रतिक्रिया