हेर्दा हेदै सुकुम्बासीका २३ घर भत्काइदीएपछि पोखरामा नगर प्रहरीले सुकुम्बासीमा लियो एक्सन भिडियो सहीत

इनेप्लिज २०७९ साउन २ गते २२:१८ मा प्रकाशित

पोखरा महानगरपालिका तेत्तीस दुईपिप्लेमा सुकुम्बासी बस्तिका रुपमा बस्दै आएका करीब २३ घरधुरी पोखरामहानगर र वडाको पहलमा आज हटाईएको छ ।

बिगत केही समय अघिदेखि उत्त ठाउँमा सुकुम्बासीका रुपमा बस्ति बसेको थियो । क्रसर उधोगको ठाउँमा बसोबास गरीरहेका उनिहरु त्यहाँ क्रसर संचालन गरेपछि बिस्थापित हुँदै दुईपिप्लेमा टहरा बनाएर बसोबास गरीरहेको उनिहरु बताउँछन ।

पहिला दुई चार घर मात्र थियौं पछि एक एक गर्दै धेरै घरहरु बन्न थाले अहिले हामिलाई नै अप्ठ्यारो पर्यो अब हामी कहाँ जाने” त्यहाँका एक बृद्द महिलाले भनिन् । उनले “क्रसरले यता देखायो हामी यता आयौं अब फेरी वडा र महानगरले हटाउँदै छ हामीलाई बास चाइयो” थप्दै भनिन् । पोखरामहानगरपालिका, वडा नम्बर ३३, नेपाल प्रहरी,शसस्त्र प्रहरीलगायतको टोली सहित बस्ति हटाउन लागीएको हो ।

वडा अध्यक्ष रामचन्द्र अधिकारीका अनुसार सार्वजनिक जग्गा हड्पने क्रियाकलाप बढिरहेको हुँदा सार्वजनिक जमिनको संरक्षणका लागी आँफुहरुले अनाधिकृत रुपमा बसोवास गरेका र सार्वजनिक जग्गा हडपेकाहरुलाई हटाइएको बताए भने उनले यथार्थमा उहाँहरु सुकुम्बासी भएको खण्डमा ब्यवस्थापनको पहल समेत गरीने बताउनुभयो ।भिडियो सहीत

प्रतिक्रिया