युक्रेनको डिनिप्रोमा रुसी क्षेप्यास्त्र आक्रमणमा तीन जनाको मृत्यु र १५ जना घाइते : गभर्नर

इनेप्लिज २०७९ साउन १ गते १:१२ मा प्रकाशित

युक्रेनको डिनिप्रोमा रुसी क्षेप्यास्त्र आक्रमणमा तीन जनाको मृत्यु भएको गभर्नरले बताएका छन् । राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले नागरिकहरूलाई हवाई आक्रमणको चेतावनी ध्वनि (साइरन)लाई ध्यान दिन आग्रह गरेका छन् ।

डिनिप्रोमा आक्रमण भएको एक दिन अगाडी रूसी क्षेप्यास्त्रद्वारा भिनिट्सिया शहरमा भएको प्रहारमा २३ जनाको निधन भएको थियो।

मध्य युक्रेनी शहर डिनिप्रोमा शुक्रबार रुसी मिसाइल आक्रमणमा कम्तीमा तीन जनाको मृत्यु हुनुका साथै १५ जना घाइते भएका क्षेत्रीय गभर्नर भ्यालेन्टिन रेज्निचेन्कोले बताएका छन् ।

रेज्निचेन्कोले आफ्नो सामाजिक संजाल फेसबुक पृष्ठमा भने, ” प्रक्षेप्यास्त्रले औद्योगिक कारखाना र त्यसको छेउमा रहेको व्यस्त सडकमा प्रहार गरेको छ।” आक्रमण राती १० बजे भएको थियो ।

हालैका हप्ताहरूमा रुसले पूर्वी युक्रेनको शहरहरूमा भीडभाड भवनहरूमा लामो दूरीको क्षेप्यास्त्रहरू प्रयोग गरेको छ भने प्रत्येक आक्रमणमा दर्जनौं मानिसहरूको मृत्यु भएको छ।

“अहिले, मैले यो सम्बोधन लेख्दै गर्दा हाम्रो राज्यको लगभग सम्पूर्ण क्षेत्रहरूमा चेतावनी ध्वनि (साइरन )बजेको बताए । आफ्नो रातिको सम्बोधनमा उनले भने रूसको उद्देश्य “अधिकतम क्षति” पुर्‍याउनु हो,उनले भने ।

“कब्जाकर्ताहरूले महसुस गरिरहेका छन् कि हामी बिस्तारै बलियो हुँदैछौं । डिनिप्रोमा मर्नेहरूमा एक शहरका यात्रियान (बस)का चालक पनि परेका छन भनि स्थानीय अधिकारीले बताए ।

उक्त मानिस आफ्नो दिनको काम सकेर भोलि बिहान ५ बजे काममा फर्कन कोठातिर लागेका थिए। तर उनि फर्कन सकेनन । दुई छोराछोरी बाबुविहीन भएका छन् । साँच्चै जवान युवा उनीसंगबाँच्न धेरै समय थियो तर सकेनन ,अधिकारीले भने ।

तस्बिर :एल जजिरा

प्रतिक्रिया