इरानद्वारा ‘आतंकवादी’ समूह एमईकेलाई समर्थन गरेको आरोपमा अमेरिकी अधिकारीहरू कालोसूचीमा

इनेप्लिज २०७९ असार ३२ गते २०:२८ मा प्रकाशित

इरानले ‘आतंकवादी’ समूह एमईकेलाई समर्थन गरेको आरोपमा अमेरिकी अधिकारीहरूलाई कालोसूचीमा राखेको छ ।

इरानी विदेश मन्त्रालयले शनिबार ६१ वर्तमान र पूर्व अमेरिकी अधिकारीहरूको सूची प्रकाशित गरेको छ । इरानले मोजाहेदिन-ए खालक (एमईके) लाई “जानीजानी समर्थन” प्रदान गरेको आरोप लगाएको छ ।

पूर्व विदेश सचिव माइक पोम्पेओ लगायत धेरै व्यक्तिहरूलाई पहिले नै अन्य कारणले इरान सरकारले कालोसूचीमा राखेको थियो।

त्यसै गरि सदनका अल्पसंख्यक नेता केभिन म्याकार्थी, सिनेटर टेड क्रुज र कोरी बुकर, र पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार लिंकन ब्लूमफिल्ड लगायतहरू कालो सूचीमा परेका छन ।

कालो सूचीमा परेका व्यक्तिहरूले समूहलाई यसका कार्यक्रमहरूमा भाग लिएर “राजनीतिक र प्रचार समर्थन ” प्रदान गरे भनि इरानी विदेश मन्त्रालयले जनाएको छ ।

एमईकेले दशकहरूमा १७,००० भन्दा बढी इरानी मानिसहरूलाई मारेको छ, जसमध्ये धेरै महिला र बालबालिहरु परेका छन्।

एमईके १९७९ को इरानको इस्लामिक क्रान्तिलाई समर्थन गर्ने समूहहरू मध्ये एक थियो जसले राजवंश शासनलाई अपदस्थ गरेको थियो ।

यो समूहले क्रान्ति पछिका प्रारम्भिक वर्षहरूमा धेरै हत्या र बम विष्फोटहरूको जिम्मेवारी लिएको छ भनि एलजजिराले सामाचारमा जनाएको छ ।

यसले सन् १९८० को दशकमा इरानमाथि गरेको आठ वर्षको आक्रमणमा सद्दाम हुसेनलाई पनि सहयोग गर्‍यो र युद्धको समयमा हतियार पनि उठाएको थियो ।

एमइकेलाई अमेरिका र युरोपेली संघद्वारा “आतंकवादी” संगठनको रूपमा पनि सूचीबद्ध गरिएको थियो तर १० वर्ष भन्दा बढी पहिले हिंसक कार्यहरू त्याग्न वाचा गरेपछि यसलाई हटाइएको थियो।

प्रतिक्रिया