द हेगमा भएको युद्ध अपराध सम्मेलनमा रुसी आक्रमणका पीडितहरूका लागि केही क्षण मौन धारण

इनेप्लिज २०७९ असार ३१ गते ०:२५ मा प्रकाशित

नेदरल्याण्डको शहर द हेगमा भएको युद्ध अपराध सम्मेलन भै रहेको समयमा रुसी आक्रमणका पीडितहरूका लागि केही क्षण मौन धारण गरिएको छ ।

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बिहीबार अङ्कियदृश्य (भिडियो) मार्फत नेदरल्याण्ड्सको द हेगमा युद्ध अपराध सम्मेलनलाई सम्बोधन गर्दा केही क्षण मौन धारण गरिएको छ । मध्य युक्रेनी शहर भिनिट्सियामा घातक मिसाइल आक्रमण भएको केही घण्टा पछि मौन धारण गरिएको हो भने हाल सम्म बालबालिका सहित २३ जनाको ज्यान गै सकेको छ ।

आज बिहान, रुसी क्षेप्यास्त्रहरूले हाम्रो शहर भिनिट्सियामा प्रहार गर्‍यो । समुन्द्री क्षेप्यास्त्रहरूले दुई सामुदायिक भवनहरूमा प्रहार गरे। घरहरू ध्वस्त भए, एक चिकित्सा केन्द्र नष्ट भयो, सवारी साधन (कार) र बिधुतिय रेलगाडी(ट्राम)हरूमा आगो लाग्यो ।

यो रूसी आतंकको कार्य हो। आठ वटा प्रक्षेप्यास्त्रहरू मध्ये दुईवटा शहरको केन्द्रलाई निशाना बनाएका थिए। यस क्षण सम्म २० व्यक्ति जना मानिसहरुको मृत्यु भएको छ , तीमध्ये तीन बालबालिका थिए,” जेलेन्स्कीले सम्मेलनमा भने।

समापनमा जेलेन्स्कीले द हेगमा अभियोजक र न्यायपालिकाको बैठकलाई अन्तर्राष्ट्रिय कानूनको लागि “उद्धार” को रूपमा ब्याख्या गरे।

“अन्तर्राष्ट्रिय कानूनले काम गर्छ कि गर्दैन यो तपाईहरुमा र म मा निर्भर गर्दछ,” जेलेन्स्कीले बैठकका सदस्यहरुलाई भने।

प्रतिक्रिया