एकदिन बिहान सात बजेतिर आफ्नो घरनजिकैको पन्ध्र बर्ष अगाडि क्याम्पसमा संगै पढ्दै गरेको साथी हरेरामको किराना पसलमा रोशन खाद्यान्न सामाग्री किन्न पुग्यो । रोशनले साहुजीसंग एक क्रेट अण्डा, एक किलो सुजीको पिठो, पाँच पोका नून, पाँच के.जी. चिनी र एक ढक आलु माग्यो । साहुजीले उसले मागेको सामान जोखेर दिदै गर्दा उसको हात कार्टुनमा राखेको अदुवामा पुग्यो र उसको हातले एक टुक्रा अदुवा कार्टुनबाट निकालेर चलाउदै गर्दा पायन्टको खल्तीमा राख्न पुगेछ ।
उसंगै पढेको साहुजीले तपाई जस्तो शिक्षित व्यक्तिले अदुवा खल्तीमा राखिदिनु भएन खल्तीबाट निकालेर त्यो अदुवा जहाँ थियो त्यही राख्नुस् त भन्न पुगे । एकदिन तपाई हाम्रो पसलमा सामान किन्न आउनु हुंदा मेरो भाइले पनि तपाईले एउटा आलु हातमा लिएर जानुभएको कुरा मलाई भनेको थियो ।
साहुजीले त्यसो भन्नेबित्तिकै उसको मन रोयो र अदुवा खल्तीबाट निकालेर कार्टुनमा नै उसले राखिदियो । आफूले किनेको खाद्यान्न सामाग्रीहरुको पैसा तिरेर उसले खाद्यान्न सामाग्रीहरु बोकेर आफ्नो घर दिक्क मान्दै फक्र्यो । अब अर्को पटकदेखि साथीको पसलमा सामान किन्न जाउ कि नजाउ होला भनेर उसको मनमा दोधार भयो । बिहानको खाना खाएर कार्यालय जान लाग्दा साथीको पसलको बाटो हुंदै कार्यालय जानु पर्दा साथीको पसलमा फर्केर हेर्न पनि उसलाई मनै लागेन । कस्तो दिन रहेछ आज यो कस्तो दुर्दशा भएको होला भन्ठान्यो उसले ।
अर्को दिन फेरि खाद्यान्न सामाग्रीहरुको आवश्यक परेर किन्न रोशन साथीको पसल नाघेर अलि टाढाको पसलमा किन्न पुग्यो । टाढाको पसलबाट सामान किनेर घर फर्कदै गर्दा उसंगै क्याम्पसमा पढ्दै गरेको साथीले पसलबाट देख्न पुग्यो । अब मेरो पसलमा साथीलाई अस्तीको दिन मैले त्यसो भनेको भएर किन्न आउन मन नलागेको रहेछ भन्ने उसंगै क्याम्पसमा पढ्दै गरेको साथीले सोच्न पुग्यो ।
सामाखुसी साहित्य समाज, ९३५÷५४, काठमाडौं
प्रतिक्रिया