महिलालाई सहुलियत

– अरुणबहादुर खत्री “नदी” २०७९ असार २६ गते ९:५० मा प्रकाशित

कार्यालय छुट्टी भएर घर फर्कने क्रममा सिंहदरबारको पूर्वी गेटमा केही कर्मचारीहरु बस कुरेर बसेका थिए । एकजना मसंग पहिल्यैदेखि चिनजान भएको कर्मचारी दिदी भेट हुन पुुग्यो र अफिस छुटेर घर फर्कन माइक्रोबस कुरेर बसेको भनिन् । “तपाई चढ्ने माइक्रोबस कहाँ जान्छ नि ?” मैले भने । “म चढ्ने माइक्रोबस कमलादी दरबारमार्ग लैनचौर हुदै महाराजगन्ज पुग्छ” उनले भनिन् ।

“त्यसो भए आज म पनि तपाईसगै माइक्रोबसमा चढेर जान्छु लैनचौरमा ओर्लन्छु” मैले भने । माइक्रोबस पाँच बजेपछि आइपुग्यो र माइक्रोबसभित्र सबैजना पसेर सिटमा बस्यौ । दुईजना महिला कर्मचारीलाई सिट नपुगेर उभिनु पर्यो । एकजना महिलालाई मैले आफू बसेको सिटमा मिलेर बसौ न भनेपछि ति महिला म बसेको सिटमा आएर मिलेर बसिन् । अर्को महिला पनि उभिएको देखेपछि “तपाई उभिनुु प¥यो तपाईलाई बस्ने ठाउ पुगेन नि” मैले भने । एकजना महिलाले “यो शिक्षा मन्त्रालयका कर्मचारी चढ्ने माइक्रोबस हो तपाई शिक्षा मन्त्रालयको कर्मचारी होइन । तपाई बस्नु भएको सिटमा उभिएको महिलालाई बस्न दिएर तपाई उभिनु नि” मलाई भनिन् ।

“म मात्रै सिटमा बसेको त छैन तपाईहरु पनि सिटमा बस्नु भएको छ, म बाहेक अरु पनि शिक्षा मन्त्रालयमा काम नगर्ने कर्मचारी कोही त होलान् नि बहिनी” मैले हाँस्दै भने । “तपाई जस्तो केटा मान्छे त महिलालाई सिटमा बस्न आफू बसेको सिट छााडिदिएर उभिए पनि हुन्छ” ति महिलाले भनिन् । त्यसो भनेपछि म अवाक भए र मनमनै प्रश्न गर्न थाले “नेपाल सरकारले सबै सरकारी कर्मचारीलाई समान सेवा सुविधा दिएको होइन र ?”

सामाखुसी मार्ग, काठमाडौं (नेपाल

प्रतिक्रिया