तिमि भईनौ साथ मेरो मलाई…….

गोबिन्द राज ओझा (राजन) २०७९ असार २५ गते २३:४६ मा प्रकाशित

तिमि भईनौ साथ मेरो मलाई हिडन गाह्रो हुन्छ

तिम्रो साथले गोरेटो हिडन सजिलो हुन्छ

मेरी मायालु तिम्रो माया नै हो मेरो संसार

सधै सँगै हुन पाए पुग्ने थियो मनको रहर

मेरो सुख,दु:खमा मैले तिम्रो साथ पाईरहन्छु

हिडदा हिडदै म मेरो लक्ष्यमा पुग्छु

मैले देख्ने सपनीमा तिम्रै नाम हुन्छ

तिम्रो साथले गोरेटो हिडन सजिलो हुन्छ

सयौ जुनी साथ जिउने कसम खुवाएकि छौ

मेरो प्यार , मेरो दुनिया तिमि नै हौ

गोबिन्द राज ओझा (राजन)

दिपायल सिलगढी न.पा. २ दिपायल डोटी  

प्रतिक्रिया