कवि गोकुल आफ्नो घरमा दशैंको टिका लगाइसकेपछि एकसय पाँच वर्षको विद्वानको हातको टिका लगाएर आशिर्वाद थाप्न पुग्यो । टिका लगाएर आशिर्वाद थाप्न जाँदा उसले बाटोमा एउटा रित्तो बाल्टीन देख्न पुग्यो । एकसय पाँच वर्षको विद्वानको घरमा पुगेर गेटमा राखेको घण्टीको स्वीच दबायो । घण्टीको स्वीच दबाएपछि घरभित्रबाट बुहारी निस्किन् । कवि गोकुलले “म बुबाको हातको टिका लगाउन आएको हुं” भन्यो । “बुबा अहिले खाना खाएर ओछ्यानमा पल्टेर निदाउनु भएको छ । अब कतिखेर बिउझेर उठ्नु हुन्छ त्यसपछि मात्रै बुबाको हातको टिका तपाईले लगाउन पाउनु हुन्छ” बुहारीले भनिन् ।
“त्यसोभए म एकदुई घण्टापछि आउछु नि बुबाको हातको टिका लगाउन” भन्दै ऊ आफ्नो घर फर्कियो । घर फर्केको दुईघण्टा पछि ऊ फेरि त्यो घरमा एकसय पाँच वर्षको बुढाको हातको टिका लगाएर आशिर्वाद थाप्न पुग्यो । उसले बाटोमा रित्तो बाल्टीन देखेकोले योभन्दा अगाडि टिका नलगाइकन म घर फर्कनु प¥यो मनमनै भन्यो । अहिले आउदा चाहि बाटोमा भरी पानीको जार देखेको थिए पक्का पनि टिका लगाएर जान पाउछु होला भन्यो । अहिले चाहि ऊ पुगेको एकछिनपछि एकसय पाँच वर्षको बुबा विउझेर उठ्नु भयो र उसले टिका र जमरा लगाउन पायो । बुबाले उसलाई आशिर्वाद पनि दिनुभयो । टिका लगाउन पाएपछि ऊ खुशी हुँदै आफ्नो घर फर्कियो ।
सामाखुसी मार्ग, सरकारी धारा, काठमाडौं
प्रतिक्रिया