मेनुका विवाह गरेर अर्काको घरमा गइन् । उनको श्रीमान्कोे नाम नवराज थियो ।
एकदिन उनले आफ्नो श्रीमान्सँग भनिन्, “यो हामी बसेको घर हजुरको आमाको नाममा रहेछ । हजुरको आमाले हजुरलाई भन्दा हजुरको भाइलाई बढी माया गर्नुहुन्छ । पछि गएर यो घर हजुरको भाइलाई दिनुभयो भने के हुन्छ ।”
श्रीमतीको कुरा नवराजले पत्याएन । उसले आमालाई विश्वास गथ्र्यो, त्यसै विश्वासमा अडिक भएर बस्यो ।
केही वर्षपछि मेनुकाको सासु थला परिन् । उनलाई मेनुकाका देवर देउरानीले स्याहारसुसार गरेनन् । त्यसको सबै जिम्मा मेनुकाको काँधमा आयो ।
एकदिन सासुले आँखाबाट आँसु झार्दै मेनुकासँग भनिन्, “तिमीहरुले मेरो निकै स्याहारसुसार गर्यो । मैले जम्मा गरेर राखेको पैसा र सम्पत्ति तिमीहरुलाई नै दिन्छु ।”
यो कुरा सुनेपछि नवराजले श्रीमतीतिर हेर्दै भन्यो, “आमाको कुरा कस्तो लाग्यो ?”
सामाखुशी मार्ग, सरकारी धारा,
काठमाडौं
फोन नं. ४३५३५९४
प्रतिक्रिया