शिक्षा पत्रकारिता पुरस्कार प्रदान–नेकपा एमाले वरिष्ठ उपाध्यक्ष पोखरेल

इनेप्लिज २०७९ असार २२ गते २०:२४ मा प्रकाशित

विराटनगर,२२ असार(रासस): शालिग्रामी –मन्जु दाहाल शिक्षा पत्रकारिता पुरस्कारबाट आज यहाँ दुई जना पत्रकारहरुलाई पुरस्कृत गरिएको छ।
यसरी पुरस्कृत हुने पत्रकारहरुमा वरिष्ठ पत्रकार यज्ञ शर्मा र लिलाराज भट्टराई हुनुहन्छ ।

उहाँहरु दुवैलाई नगद रु २१ हजार सहित सम्मान पत्रद्वारा सम्मानित गरिएको छ।

विस २०७६ मा स्थापना भएको उक्त्त पुरस्कार कोरोना महामारीका वितरण हुन नसकेकोमा विस २०७७ को शर्मा र २०७८ को भट्टराईलाई प्रदान गरिएको हो।

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री इश्वर पोखरेलले प्रेस चौतारी नेपाल मोरबद्वारा आज यहाँ आयोजित शालिग्राम – मन्जु दाहाल शिक्षा पत्रकारिता पुरस्कार वितरण समारोह एवं जवज र आजको सान्दर्भिकता विषयक अन्तरसम्वाद कार्यक्रको उद्घाटन गर्दै उक्त्त पुरस्कार उहाँहरुलाई प्रदान गर्नु भएको हो ।

सो अवसरमा उहाँले सञ्चारकर्मीहरुले समाजमा रहेको विकृति एवं विसब्गति अन्त्यका लागि सत्य तथ्यका आधारमा आम नागरिकमा सूचना पस्कनु पर्ने बताउनु भयो ।

उहाँले चौतारी आवद्ध पत्रकाहरुले व्यवसायिक पेशागत क्षमताकाका आधारमा आफ्नो दक्षता प्रदर्शन गर्नुका साथै पार्टीको नीति तथा कार्यक्रमका सम्वन्धमा नागरिकहरुलाई जानकारी दिन दोहोरो भूमिका निर्वाह गर्न आग्रह गर्नु भयो ।

पूर्वउपप्रधानमन्त्री पोखरेलले राष्ट्रिय राजनीतिमा रहेको विकृति अन्त्यमा सही समाचार सम्पेषण गर्नुपर्न आवश्यक्त्तता औल्याउनु भयो।

प्रेस चौतारीका केन्द्रीय सचिव विक्रम लुईटेल, चौतारी प्रदेश अध्यक्ष अविजाल विष्ट,पुरस्कार छनौट समितिका सदस्य रामचन्द अधिकारीले सञ्चार माध्यमलाई प्रवद्र्धन कार्य र स्वतन्त्र अभिव्यक्तिमा पार्टीको ठूलो योगदान रहेको धारणा राख्नु भयो।

प्रतिक्रिया