सुकुम्बासीको खहरेघाट !

इनेप्लिज २०७९ असार २२ गते ०:३८ मा प्रकाशित


बुबा तपाईले आफुले झै भारी बोक्न नपरोस् भनेर हैन मलाई पढाएको ? म ठेलागाढा चलाउन जान्न बा “ ! टेलिभिजनमा बाबु छोराको यो कारुणिक बार्तालाभले प्राय सबैको आखामा आशॅु भरिएको थियो । ४ महिनाको बच्चा पेटमा बोकेकि महिला जस्को शृीमान बस्तिकै सबैभन्दा पढेलेखेको तर जागिर नपाएको , फुको चिउरा चपाउदै भारि बोकेका बुबा छोरा पढाएर बुढा भैसके । छोराले केहि गर्ला र आराम गरौला भन्ने ध्याउन्नमा छन् उनि ।

छोरो जागिर नपाएको पिडामा रक्सिको लतमा लाग्छ । यस्तै यस्तै कथा बस्तु बोकेर खहरे घाटको नजिकै बसेको सुकुम्बाशी बस्ती टेलिभिजनमा हेर्न सकिने भएको छ । २०६३ को नाटक राष्ट्रिय महोत्सवमा पुरस्कृत भएको “खहरेघाट “ नाटकलाई रंगमन्चका सफल निर्देशक किशोर अनुरागले टेलिचलचित्रमा उतारेका छन् । उनकै कथा रहेको टेलिचलचित्र “ खहरेघाट “ अघिल्लो सनिवार बेलुका ७:३० बजे नेपाल टेलिभिजनबाट प्रसारण भयो । सामाजिक टेलिचलचित्र खहरेघाट निदेश अधिकारीले निर्माण गरेका हुन ।

टेलिचलचित्रमा बरिष्ठ कलाकार देश भक्त खनाल, बिद्या कार्की, किशोर अनुराग, लब शर्मा, इच्छा सिंह, सुबिना श्रेष्ठ, सन्तोस थापा, साक्षी सिंह भण्डारी, सुमन बिष्ट, रिता थापा, शशी थापा, दिनेश खड्का लगायतको अभिनय रहेको छ । टेलिचलचित्रको पटकथा तथा मुख्य सहायक निर्देशन इच्छा सिंहले गरेकी हुन् । टेलिचलचित्रमा आनन्द प्रभाकर घिमिरेको छायाङ्कन र समीर मियाको सम्पादन तथा शशीविक्रम थापाको शीर् गीत रहेको छ ।

यो टेलिचलचित्र सनिबार बेलुका ८ बजे बाट मि टिभी एच डि मा पनि प्रसारण हुनेछ । यो टेलिचलचित्र रेस्कु कृएसनको सहकार्यमा मदर ल्यान्ड फिल्म्स प्रा. लि. ले तयार पारेको हो।

प्रतिक्रिया