दुईहजार बहत्तर साल वैशाख बाह्र गतेको दिन सात दशमलव छ रेक्टरको महाभूकम्प आएपछि तीनकुनेमा एकजना घरधनीले आफ्नो घरमा भाडामा बसेकाहरुसंग वैशाख महिनाको घरभाडा नलिने भन्ने खबर थाहा पाएर मेरो घरनजिकैको घरमा भाडामा बसेको होमनाथले आफ्नो घरधनीसंग “थाहा छ ? तीनकुनेमा एउटा घरधनीले महाभूकम्प आउँदा आफ्नो घर कत्ति पनि नचर्की आफ्नो परिवार सकूशल रहन पाएकोमा खुसी मानेर बैशाख महिनाको भाडा नलिने भने छन् नि । हाम्रो घरवेटीले पनि हामी बसेको घरमा केही क्षती नभएको हुदा हामीसंग भाडा लिनु हुदैन कि ?” भन्यो ।
घरधनीले “अहिलेको सरकारले आ–आफ्नो घर भाडामा दिएकाहरु मध्ये कत्ति पनि क्षती नभएको घरधनीले एक महिनाको घरभाडा नलिने र घरभाडा लिनेहरुमाथि आवश्यक कारबाही गर्ने भन्ने सूचना निस्क्यो भने मेरो घरको भाडामा बस्नेहरुसंग म पनि भाडा लिन्न नि” भन्यो । “त्यसो भए यस बारेमा एउटा निवेदन लेखेर हामी भाडामा बस्नेहरु मिलेर सरकारलाई गएर दिन्छौ नि त” भाडामा बस्ने होमनाथले भन्यो । भाडा तिरेर बस्ने होमनाथको यो भनाई सुन्ने बित्तिकै घरधनीको अनुहार ओइलाएको बोटजस्तो भो ।
सामाखुसी मार्ग, काठमाडौं
इमेल
प्रतिक्रिया