मूल्यमा फरक

— अरुणबहादुर खत्री “नदी” २०७९ असार १८ गते १:५२ मा प्रकाशित

घरनजिकैको आफुले तरकारी किनिरहने पसलमा पुगेर सुकेको लसुन घरमा सकिन लागेकोे हुँँदा तीनसय चालिस रुपैँयामा एक किलो सुकेको लसुन किने ।

घरमा नुन र चिनी पनि सकिन लागेको हुदा किराना पसलमा किन्न पुगे । किराना पसलको साहुजीले “लसुन कति रुपैयाँमा किनेर ल्याउनु भयो ? भने । “लसुन एक किलोको तीनसय चालिस रुपैँयामा किनेर ल्याएकोे हुं” मैले भने । किराना पसलको बाहिर सुकेको लसुन र सुकेको प्याज बेच्न राखेको देखेर “यहाँ सुकेको लसुन किलोको कति छ ?” मैले सोधे । “तीनसय रुपैँया मात्र” साहुजीले भने । “तरकारी पसलमा एक किलो सुकेको लसुन किन्दा मलाई चालिस रुपैँया हानी भयो नि” मैले भने ।

आफूूले किनेका सामानहरु घरमा पुर्याएर फेरि तरकारी पसलमा पुगेर साहुनीसंग “किराना पसलमा सुकेको लसुन तीनसय रुपैया किलोमा दिएको रहेछ नि” भने । “दाइले मेरो पसलबाट सुुकेकोे लसुन किनेर लैजानुभएको देखेर दोहो¥याएर किन्नु हुन्न भन्ठानेर त्यसो भनेको हुनुपर्छ” साहुनीले भनिन् ।

सामाखुसी मार्ग, सरकारी धारा, काठमाडौ

प्रतिक्रिया