युक्रेनी सशस्त्र बलले आक्रमण तिब्र गरे पछि रुसी सेना स्नेक टापुबाट फिर्ता
युक्रेनी सशस्त्र बलले आक्रमण तिब्र गरे पछि रुसी सेना स्नेक आइल्याण्ड (टापु)बाट फिर्ता गएका छन् ।
रूसी सेनाले ब्लाक सि (कालो सागर)मा रहेको स्नेक आइल्याण्ड छोडेको युक्रेनी सशस्त्र बलले बिहीबार बताए । उनीहरूले भिषण आक्रमण संचालन गरे पछि उनीहरुले छोडेका र लक्ष्य सफल भएको युक्रेनी सशस्त्र बलले जनाएका छन् ।
सोमबार युक्रेनी सेनाले टापुमा दोस्रो क्षेप्यास्त्र प्रणाली प्रहार गरेको थियो ।
युक्रेनी सशस्त्र सेनाले शत्रुले हतारमा दुई डुंगाबाट बाहिर गएको र खाली गरेको बताए । युक्रेनका राष्ट्रपतिको कार्यालयका प्रमुख एन्ड्री यर्माकले टेलिग्राम पोस्टमा युक्रेनको सशस्त्र सेनाले “उल्लेखनीय कारवाही ” गरेको बताए।
युक्रेनी सशस्त्र बलका प्रमुख भालेरी जालुज्नीले टेलिग्राममा भने हाम्रा तोपखाना, क्षेप्यास्त्र र हवाई हमलाको आक्रमण सहन नसके पछि कब्जा गर्नेहरूले छोडेका थिए।
उनले ओडेसा क्षेत्रका युक्रेनी सशस्त्र बलहरूलाई पनि धन्यवाद दिएका छन् । जसले हाम्रो क्षेत्रको रणनीतिक रूपमा महत्त्वपूर्ण भागलाई मुक्त गर्न अधिकतम उपायहरू लिएको बताए ।
सविन राई भर्जिनियामा आई पुगे ,कार्यक्रमको तयारी सबै पूरा
अमेरिकामा यहीअगस्ट ११ बिहीवार र अगष्ट १२ शुक्रबार जनै पूर्णिमा एवं रक्षाबन्धन मनाईँदै
बाल्टिमोरको गोर्खाली फुटबल क्लबको आधिकारिक जर्सी (गन्जी)अनावरण कार्यक्रम सम्पन्न
अमेरिकाको डिसी क्षेत्रमा आयोजना हुने दशैँ–तिहार महोत्सव २०२२ मा १९७४ एडीका गायक एड्रियन प्रधानको प्रस्तुति हुने
अमेरिकामा गौरा प्रर्दशनी हुने
प्रतिक्रिया