केहि समयको लागि भए पनि…………..

 गोबिन्द राज ओझा (राजन)  २०७९ असार १५ गते ११:२४ मा प्रकाशित

केहि समयको लागि भए पनि तिम्रो सुन्दरता हेर्न देउ               

तिम्रो कालो केशमा यि मेरा हातहरुले छुन देउ                

                  

यो मेरो मनले तिमिलाई खोजेर हिडछ                     

तिम्रो साथमा हिडनलाई कसको अनुमति चाहिन्छ

यो मनमा तिम्रो सम्झना आएर म बसेको छु भेटन आउ 

फुर्सद मै छौ तिमि एक पटक दर्शन दिन आउ

यो मेरो मनले त के के कुरा सोच्छ

तिम्रो साथमा हिडनलाई कसको अनुमति चाहिन्छ

 

 गोबिन्द राज ओझा (राजन)
 दिपायल सिलगढी न.पा. २ दिपायल डोटी     

प्रतिक्रिया