ए मेरो मनमा…………….

गोबिन्द राज ओझा (राजन) २०७९ असार १५ गते ११:१८ मा प्रकाशित

ए मेरो मनमा बसेको हजुर
तिमिले मलाई माया गर्ने गर
यो मन खुसि बनाउन तिमिले आउने गर
आएर तिमिले म संग जिस्किने गर

मेरो मनमा आउ तिमि मेरो सम्झनामा आउ
मैले देख्ने सपनिमा तिमिले केहि कुरा सिकाउ
मै सँग तिमिले बस्नुपर्छ भन्ने सोचेर आउ
यो दुनियाले के के भन्छन तिमि आज नडराउ

यो दुनियाले के भन्छ मनबाट के सोचिन्छ
सत्य तिमिले भन एक दिन तिम्रो घर पुगिन्छ
तिम्रो मनका सबै कुराहरु मलाई सुनाउ
त्यो मनको माया तिमिले मलाई देखाउ

गोबिन्द राज ओझा (राजन)
दिपायल सिलगढी न.पा. २ दिपायल डोटी

प्रतिक्रिया