कविता प्रतियोगिता

अरुणबहादुर खत्री “नदी” २०७९ असार १३ गते ९:३२ मा प्रकाशित

कविता प्रतियोगिता हुँदै गर्दा कवि गोकर्णप्रसादले आफ्नो कविता पाठ गरेर सकेपछि कविता सुन्न जानेहरुले उसको कविता निकै मन पराएर जोडले ताली बजाएका थिए । कवि महेशचन्द्रले आफ्नो कविता सुनाएर सकेपछि उसको कविता झुर लागेर कसैले पनि ताली बजाएनन् । कविता प्रतियोगितामा भाग लिएर पाठ गर्नको लागि उत्कृष्ट रुपमा छानिएका कविहरुले कविता सुनाएर सकेपछि निर्णायक मण्डलमा बसेकाहरुले नतिजा निकाल्दा कवि महेशचन्द्रको कविता प्रथम हुन पुग्यो भने कवि गोकर्णप्रसादको कविता पुरस्कृत हुन सकेन । सबैजनालाई अचम्म लाग्यो ।

एकजना कविता सुन्न जानेले “गोकर्णप्रसादले त्यस्तो राम्रो कविता सुनाउदा पनि उसको कविताले किन पुरस्कार पाउन सकेन होला” भने । कविता सुन्न जाने अर्को व्यक्तिले “हिजोआज देशमा भनसुन नगरी कसैको कुनै काम पनि बन्दैन, गोकर्णप्रसादले भनसुन गर्न नसकेकोले हुन सक्छ उसको कविता पुरस्कृत नभएको” भने । अर्को व्यक्तिले “कविता प्रतियोगितामा प्रथम हुने महेशचन्द्रको त निर्णायक मण्डलमा बसेको वरिष्ठ कवि आफ्नै भिनाजु हुन् नि त” भने ।

सामाखुसी मार्ग, ९३५÷५४, काठमाडौं
फोन ९८४१७९७६६४

 

प्रतिक्रिया