ग्यासको समस्या

अरुण नदी खत्री २०७९ असार १२ गते १०:५४ मा प्रकाशित

 

आफ्नो घर नजिकैको ग्यासको डिपोमा गाडीबाट ग्यास झार्दै गरेको आवाज सुनेर सम्झना आफ्नो घरमा सकिएको ग्यासको सिलिण्डर बोकेर आज त ग्यास पक्कै पाइने भयो भनेर ग्यास लिन पुगिन्।डिपोमा पुग्नेबित्तिकै ग्यास बेच्ने साहुजीदाइ नरेन्द्रसंग उनले दाइ आज मलाई एक सिलिण्डर ग्यास जसरी भए पनि दिनु है भनिन् । “कुपनवालालाई ग्यास बाडेर सकेपछि ग्यास बचेमा दिउला” साहुजीले भने । “कुपन लिएकाहरुलाई ग्यास बाडेर नसकुन्जेल उनले एक सिलिण्डर ग्यास आज त पाइने भयो भनेर करिब पाँच घण्टा जति कुरेर बसीन् । कुपनवालालाई ग्यास बाडेर सकिएपछि तीनवटा ग्यासको सिलिण्डर बढी हुन पुग्यो । ती बढी हुन पुगेका ग्यासका सिलिण्डरहरु उनीभन्दा केही समय पछि आएका तीनजनाले समाएर बसे।

दिउसोको खाजा पनि नखाइकन सम्झनाले ग्यासको खाली सिलिण्डर घरबाट बोकेर लगे पनि पाउन सकिनन् । ग्यासको खाली सिलिण्डर बोकेर नल्याएका तीनजनाले एक एकवटा ग्यासको सिलिण्डर समाएर आ–आफ्नो घर लगे।त्यसपछि खै दाइ तपाईले मलाई त आज झुक्याउनु भएर ठूलो धोका दिनु भयो पाँचघण्टा सम्म घरबाट ग्यासको रित्तो सिलिण्डर बोकेर ल्याए पनि मलाई ग्यास दिनु भएन म भन्दा पछि आएकाहरुलाई दिनु भयो यो त ठिक भएन नि सम्झनाले आँखाबाट आँसु झार्दै भनिन्।सम्झनाको आँखाबाट आँसु झरेको देखेर एकजना बुढी आमैले “के गर्ने नानी यहाँ जसको पाखुरा बल्यो छ जो बोल्न सक्छन् उनीहरुकै रजाइ छ बोल्न नसक्नेको काम कहिल्यै पनि पूरा हुदैन” भनिन्।ग्यास नपाएपछि सम्झनाले रित्तो सिलिण्डर घिसार्दै आफ्नो घर लगिन्।

सामाखुसी मार्ग,९३५÷५४,काठमाडौं
फोन ९८४१७९७६६४

 

प्रतिक्रिया