आइतबार, असार १२ २०७९
काठमाडौं २२:३२
वासिङटन डिसी 12:47

मन नपर्ने मान्छे

लघुकथा

– अरुणबहादुर खत्री नदी २०७९ असार ९ गते १०:१८ मा प्रकाशित

रमाले आफ्नो घरसँगैको छिमेकी घरकी मनमायाको घर अगाडिको बगैँचामा पुगेर उभिएर मोबाइलले फोटो खिचेर आफ्नो फेसबुकमा राखिन् ।

रमाले उसको फेसबुकमा फोटो राखेको देखेपछि “मन नपर्ने मान्छेले रोपेको फूलको बगैँचामा पनि मान्छेले फोटो खिच्दा रहेछन्” मनमायाले भनिन् । मनमायाले त्यसो भनेपछि “फूल रोप्ने मान्छे पो मलाई मन नपरेको हो नि बगैँचामा रोपेका फूलहरु त साह्रै नै मन परेर आफ्नो फोटो खिचेर फेसबुकमा राख्न मन लागेको हो नि” रमाले भनिन् ।

“मन नपरेको मान्छेसँग मैले फोटो खिचेको कहाँ छु र ?” फेरि रमाले भन्न पुगिन् ।

सामाखुसी मार्ग, सरकारी धारा,
काठमाडौं

प्रतिक्रिया