‘लाखे’ को डर लाग्दो पोस्टर

इनेप्लिज २०७९ असार ९ गते ९:४८ मा प्रकाशित

काठमाडौं÷७ चैत्र ।
मल्टि स्टारर फिल्म ‘लाखे’ को फस्र्टलुक पोस्टर सार्वजनीक गरिएको छ । ३१ भदौमा प्रदर्शन हुने फिल्मको बिहीबार सामाजीक संजालमार्फत डरलाग्दो पोस्टर दर्शक माझ ल्याइएको हो । पोस्टरमा चार जना मुखौटाधारीका साथमा अर्पण थापाको फोटो ‘ब्ल्याक एण्ड ह्वाइट’ कलरमा प्रस्तुत गरिएको छ । पोस्टर सार्वजनीक सँगै फिल्मबारे कौतुहलता बढेको छ । पोस्टरले ‘लाखे’ सस्पेन्स–थ्रीलरले भरिएको इगीत गर्दछ ।

सम्राट बस्नेत निर्देशीत फिल्ममा सौगात मल्ल, अर्पण थापा,आर्यन अधिकारी,अनुप बिक्रम शाही,वर्षा राउत,सुशील सिटौला,प्रशान्त ताम्राकार,रोहित रुम्बा,सन्जोग राणा,रक्षा बुढाथोकी,कालु राना र बाल कलाकार सिस्टम भण्डारी मुख्य भूमिकामा छन् । गणेश मल्ल ठकुरी (जिएम) को प्रस्तुति रहेको फिल्मको कथाकार र निर्माता सिजन अर्याल हुन् । हरि मल्ल ठकुरी कार्यकारी निर्माता रहेको फिल्म सुसन प्रजापतिले खिचेका हुन् ।

ग्लोवल मिडिया एण्ड रिसर्च सेन्टर र औरियन प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मको पटकथा,सम्वाद आकाश बरालले लेखेका हुन । अर्जुन जिसीको सम्पादन रहेको फिल्मका गीतमा दीपक बज्राचार्यको संगीत छ । ‘लाखे’ भरपुर मनोरञ्जक बनेको जानकारी निर्देशक सम्राटले दिएका छन् । आरआर फिल्मस्ले बितरण गर्ने फिल्मको टिजर केही समयमै सार्वजनीक गर्ने तयारी निर्माण टिमको छ ।

प्रतिक्रिया