चलचित्र ‘दोख’को नयाँ टिजर सार्वजनिक
काठमाडौं । असार २४ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘दोख’को नयाँ टिजर सार्वजनिक गरिएको छ । अनुप बरालको निर्देशनमा तयार भएको चलचित्रको बुधबार नयाँ टिजर युट्युबमार्फत सार्वजनिक गरिएको हो । टिजरमा चलचित्रका मुख्य कलाकार अभिनेत्री दीया मास्के, मनिष निरौला लगायतलाई प्रस्तुत गरिएको छ ।
माओवादी द्वन्द्ध कालको परिवेशमा निर्माण गरिएको चलचित्रलाई राजन कठेतले लेखेका हुन् । चलचित्रमा दीया, मनिषका अलावा लोकमणि सापकोटा, माओत्से गुरुङ, राज थापा काउछा, सुरज मल्ल, रोय दिभ, कमल देवकोटा, साजन थापा मगर लगायतका कलाकारहरुको अभिनय छ ।
सविन ज्ञवाली र मनोज अधिकारी निर्माता रहेको चलचित्रमा भीम न्यौपाने, ओम गुरुङ, रञ्जु वाग्ले थापा कार्यकारी निर्माताको रुपमा छन् । चलचित्रको एसोसियट निर्माताको रुपमा सन्तोष पाठक, धर्म अधिकारी, प्रविन पाठक, सुमिता आचार्य, दिपक खनाल, युबराज भट्टराई रहेका छन् । शैलेन्द्र डी. कार्कीको छायांकन रहेको चलचित्रलाई निमेष श्रेष्ठले सम्पादन गरेका हुन् ।
चलचित्रको गत शुक्रबारमात्रै अमृत गुरुङको स्वरमा रहेको ‘वन चरी उड्यो’ बोलको गीत सार्वजनिक गरिएको हो । चलचित्रको ट्रेलर पनि एक दुई दिनमा सार्वजनिक गर्ने निर्माण टिमको तयारी छ ।
फरक कथामा निर्माण भएको चलचित्रले दर्शकको मन जित्ने विश्वास गरिएको छ ।
अमेरिकाको वासिङ्टन राज्यको टकोमा शहरमा आयोजित नृत्य समारोह कम्तीमा ८ जनालाई गोली प्रहार
अमेरिकाको सान फ्रान्सिस्कोमा प्रथम कुकुर उत्सव मनाइने
बाल्टिमोरको बानाले दोश्रो अन्तरराज्य भलिवल प्रतियोगिता -२०२२ आयोजना गर्ने घोषणा
अमेरिकाको इलिनोइस राज्यको एक भवनमा ३ जनालाई गोली प्रहार ,बन्दुकधारी अझै फरार
बाइडेन युरोपमा हुने शिखर सम्मेलनको लागि एक हप्ताको लागि प्रस्थान
प्रतिक्रिया