यस्ता मान्छे

– अरुणबहादुर खत्री “नदी” २०७९ असार ८ गते १०:१९ मा प्रकाशित

कार्यालयमा काम गरिरहदा मेरो साथीले मलाई मोबाइलमा फोन गरेर “टिआइएको हाकिमसाहेब अहिले को हुनुहुन्छ ?” भने । “खै मलाई थाहा भएन ?” मैले भने । “आज दिनभरिमा जसरी हुन्छ पत्ता लगाएर मलाई खबर गर्नु होला” साथीले भने । मलाई एकघण्टापछि फोन गर्नु म एकघण्टाभित्र टिआइए अफिसमा गएर सोधेर पत्ता लगाउछु नि मैले भने ।

आफ्नो काम सकिएर फुर्सद भएपछि म टिआइएमा पुगे । टिआइएमा पुगेपछि बेला बेलामा घरबाट अफिस आउदा र अफिसबाट घर फर्कदा एउटै बसमा चढ्ने महिलासंग मेरो भेट हुन पुग्यो । उनीसंग भेटेर तपाईको अफिसमा अहिले हाकिमसाहेब को हुनुहुन्छ ? भन्दै सोधे । “हाम्रो अफिसको हाकिमसाहेबको नाम तपाईलाई किन चाहियो ?” उनले भनिन् । “मेरो साथीलाई चाहिएको हो मलाई होइन” मैले भने । हाम्रो अफिसको हाकिमसाहेबको नाम तपाईलाई भन्दिन तपाई यहाँबाट आफ्नो अफिस गइहाल्नु त उनले भनिन् ।

उनको बोली सुनेर यो संसारमा यस्ता मान्छे पनि जन्मिदा रहेछन् मनमनै भन्दै एक शब्द नबोली म उनको अफिसको अर्को कोठामा पुगेर एकजना सरसंग भेटेर यहाँको अफिसको हाकिम साहेबको नाम के हो ? मैले भने । हाम्रो अफिसको हाकिमसाहेबको नाम देवानन्द उपाध्याय हो अर्को कोठाको सरले भने सरलाई धन्यवाद भन्दै म आफ्नो अफिस फर्के । आफ्नो अफिसमा पुगेपछि मेरो मनमा आयो हाकीमसाहेबको नामको प्लेट त भित्तामा झुण्डीएको हुन्छ नि मैले हाकीमसाहेब बस्ने कोठाको बाहिर भित्तामा हेरेको भए हुन्थ्यो नि ।

सामाखुसी मार्ग, ९३५÷५४, काठमाडौं
मोबाइल नम्बर ९८४१७९७६६४

 

प्रतिक्रिया