आइतबार, असार १२ २०७९
काठमाडौं २२:१४
वासिङटन डिसी 12:29

मेरो प्यारो मान्छे छौ………..

गोबिन्द राज ओझा (राजन)      २०७९ असार ६ गते ११:०५ मा प्रकाशित

मेरो प्यारो मान्छे छौ तिमि नौ डाडा पारि

भेटन आउ भन्छ यो दिलले यि खोला नला तरि

 

यो मनबाट प्यारको बर्षाद भएको बेला

मैले तिम्रो लागि यहा बाटो कुरि बसेको बेला

मेरो प्यारो मान्छे छौ तिमि नौ डाडा पारि

भेटन आउ भन्छ यो दिलले यि खोला नला तरि

 

मैले तिमिसँग कति छिटो भेटु भन्ने लाग्छ

यि नयनले तिमिलाई हेरि बस्ने समय आउछ

तिम्रो पर्खाईमा धेरै समय त बितेर गईसकेछ

तिमिले पनि मेरो लागि भनि जिवन बिताएछौ

 

भेटन आउ भन्छ यो दिलले यि खोला नला तरि

तिमिलाई लैजाउ सानु छिट्टै डोली चढाएर

दुई मुटुको एक पवित्र बन्धन हुनेछ

तिम्रो साथमा मेरो यो जिन्दगि हुनेछ

 

गोबिन्द राज ओझा (राजन)

दिपायल सिलगढी न.पा. २ दिपायल डोटी

 

प्रतिक्रिया