दोष कसको ?

अरुणबहादुर खत्री “नदी” २०७९ असार ६ गते १०:३९ मा प्रकाशित

नवराज आफूसंगै क्याम्पसमा पढेको साथी नम्रतालाई भेट्न मोबाइलमा फोन गरेर नम्रताको घरमा पुग्यो । नम्रताको घरमा ऊ पुग्नासाथ मूलगेटको घण्टीको स्विच थिच्यो र घण्टीको आवाज घरभित्रबाट नम्रताकी आमाले सुनेर बाहिर निस्किन् । “कसलाई खोज्नु भयो ?” नम्रताकी आमाले भनिन् । “मैले नम्रतालाई भेट्न आएको आमा” नवराजले भने । “नम्रतालाई किन भेट्न आयौ नि ?” नम्रताकी आमाले भनिन् । “नम्रता मसंगै क्याम्पसमा पढ्छिन् उसंग मैले केही नजानेको कुरा सिक्न आएको हुं आमा” नवराजले भने । “नम्रता तिमीलाई पढाउने मिस हुन् र नम्रतासंग तिमीले सिक्न आएको नम्रतालाई तिमीले कति फि दिन्छौै नि उसले तिमीलाई नजानेको कुरा सिकाइन् भने” नम्रताकी आमाले प्रश्न गरिन् ।

“कहिले नम्रता मेरो घरमा उसले नजानेको कुरा सिक्न आउछिन् कहिले म आफूले नजानेको कुरा उकहाँ सिक्न आउछु आमा” नवराजले भने । “नम्रतालाई हामीले घरबाट बाहिर त्यति पठाउने गरेकै छैनौ कहिले तिम्रो घरमा मेरी छोरी नम्रता पुगिन् भन त” नम्रताकी आमाले भनिन् । “हिजो बिहान मात्रै हजुरकी छोरी नम्रता मेरो घरमा आएर दुईघण्टा बसेर गएकी छिन् आमा” नवराजले भने । “त्यसो भए म नम्रतालाई गाली गर्छु उसले हामीलाई ढाटेर हिजो बिहान मन्दिर गएर भगवानको दर्शन गरेर आउछु भनेर बिहान उठ्ने बित्तिकै घरबाट बाहिर निस्केकी थिई” नम्रताकी आमाले भनिन् र भित्र कोठामा पसेर “तैंले हामीसंग मन्दिर जान्छु भनेर साथीको घरमा जान तलाई लाज लाग्दैन” भन्दै नम्रतालाई गाली गर्न थालिन् ।

सामाखुसी मार्ग, सरकारी धारा,
काठमाडौ

प्रतिक्रिया