माग्ने
लघुकथा
अरुणबहादुर खत्री “नदी”
२०७९ असार ६ गते १०:३४ मा प्रकाशित
प्रत्येक घर घरमा माग्दै हिँड्ने बूढी आइमाई एकदिन एकाबिहानैको समयमा मेरो घरको अगाडि आएर कराईन् “लौ न हजूर केही पाईन्छ कि ?”
त्यो आवाज सुनेर मैले एक मुठी चामल र एक रुपैँया लगेर माग्ने बूढी आइमाईलाई दिएँ । यति थोरै चामल र एक रुपैँया त म लिन्न” उक्त माग्ने बूढी आइमाईले भनिन् । दिने भर एक छाक पुग्ने दिनुस् ।
“धेरै चामल र भने जति पैसा लिन त कि काम गरेर हिँड्नु पर्छ कि नभए अर्काको घरमा चोर्न जान सक्नु पर्छ बजै, भनेर मैले जवाफ दिएँ । उसो भए यो चामल म परेवालाई लगेर दिन्छु र यो एक रुपैँया पनि म अर्को माग्नेलाई दिन्छु” भनेर म घरभित्र पसेर सोच्न बाध्य भएँ यी मगन्ते हुन् कि ऋण असूल गर्न आएकी साहुनी हुन् अथवा यी मगन्तेहरुको पनि अरुको जस्तै माग्ने भिखको स्तर पो बढेको हो कि ?”
सामाखुसी मार्ग, सरकारी धारा, काठमाडौं
अमेरिकाको वासिङ्टन राज्यको टकोमा शहरमा आयोजित नृत्य समारोह कम्तीमा ८ जनालाई गोली प्रहार
अमेरिकाको सान फ्रान्सिस्कोमा प्रथम कुकुर उत्सव मनाइने
बाल्टिमोरको बानाले दोश्रो अन्तरराज्य भलिवल प्रतियोगिता -२०२२ आयोजना गर्ने घोषणा
अमेरिकाको इलिनोइस राज्यको एक भवनमा ३ जनालाई गोली प्रहार ,बन्दुकधारी अझै फरार
बाइडेन युरोपमा हुने शिखर सम्मेलनको लागि एक हप्ताको लागि प्रस्थान
प्रतिक्रिया