दोस्रो विवाह
लघुकथा
राजनकी श्रीमती उषाले आफ्नो सासू ससुरा र श्रीमानसँग पन्ध्र दिनजतिको विदा मागेर माईत पुगिन् । पन्ध्र दिन पूरा भएपछि अब हाम्री बुहारी आज आउँछिन् होली भन्दै राजनका बाबुआमाले छिमेकीहरुसँग भने । राजनले पन्ध्र दिनको भोलिपल्ट ससुरालीमा फोन गर्यो । फोन ससुराले उठाएका थिए । “उषा त्यहाँबाट आज घर आउने होइन” भनेर सोध्यो । ससुराले कडा स्वरमा “त्यो यहाँ आएपछि त्यसकी आमाले सुख पाएकी छे । त्यसकी आमालाई काम गर्न हलुका भएको पनि छ । त्यसलाई घर पठाई भने त्यसकी आमालाई ठूलो आपत परिहाल्छ नि” भने । “त्यसैले हजुर पनि यहाँ आएर बस्नु प¥यो ज्वाइँसाहेब नत्र छोरीलाई घर जबसम्म मेरो छोरा किरणले विवाह गरेर बुहारी ल्याउँदैन तबसम्म पठाउँदिन” भने ।
राजनले “मेरो आमालाई पनि आपत पर्छ नि । मेरो बाबुआमालाई म त्यहाँ आइ भने कसले हेर्छ नि ? तपाईकी छोरीलाई नपठाए म अर्कै त्यो भन्दा राम्री केटी खोजेर दोस्रो विवाह गर्छु नि” भन्यो ।
सामाखुसी मार्ग, सरकारी धारा,
काठमाडौं
अमेरिकाको वासिङ्टन राज्यको टकोमा शहरमा आयोजित नृत्य समारोह कम्तीमा ८ जनालाई गोली प्रहार
अमेरिकाको सान फ्रान्सिस्कोमा प्रथम कुकुर उत्सव मनाइने
बाल्टिमोरको बानाले दोश्रो अन्तरराज्य भलिवल प्रतियोगिता -२०२२ आयोजना गर्ने घोषणा
अमेरिकाको इलिनोइस राज्यको एक भवनमा ३ जनालाई गोली प्रहार ,बन्दुकधारी अझै फरार
बाइडेन युरोपमा हुने शिखर सम्मेलनको लागि एक हप्ताको लागि प्रस्थान
प्रतिक्रिया