युक्रेनको मेरिउपोल कारखानाको रक्षा गर्ने दुई शीर्ष युक्रेनी सेनापतिहरूलाई अनुसन्धानको लागि रूस स्थान्तरण

इनेप्लिज २०७९ असार ५ गते १५:४७ मा प्रकाशित

युक्रेनको मेरिउपोल एजोभस्टल कारखानाको रक्षा गर्ने दुई शीर्ष युक्रेनी सेनापतिहरूलाई अनुसन्धानको लागि रूस स्थान्तरण गरिएको रुसी सरकारी संचार माध्यमले जनाएको छ ।

अज्ञात रूसी प्रहरी स्रोतलाई उद्धृत गर्दै टासले शनिबार एजोभ गुल्मका उप सेनापति स्व्याटोस्लाभ पालामार र ३६ औं समुद्री गुल्मका सेनापति सेर्ही भोलिन्स्कीलाई रूसमा सारिएको बताएको छ ।

विशेष बल अधिकारीहरूले तिनीहरूलाई डोनेट्स्कबाट “उनीहरूसँग अनुसन्धान गतिविधिहरू सञ्चालन गर्न” स्थानान्तरण गरेको रुसी समाचारले उल्लेख गरेको छ ।

साथै विभिन्न युक्रेनी ईकाइका अन्य अधिकारीहरूलाई पनि रुस लगिएको जनाएको छ ।

मेरिउपोलको एक महिना लामो घेराबन्दीपछि मे महिनामा सयौं लडाकुहरूलाई रुसी सेनाले कब्जामा लिएको थियो। मस्कोले त्यतिबेला उनीहरूलाई पूर्वी युक्रेनमा रुसी समर्थित संस्थाहरूमा सारिएको बताएको थियो ।

प्रतिक्रिया