बजेट माथि छलफल शुरु

इनेप्लिज २०७९ असार ५ गते १५:२१ मा प्रकाशित


विराटनगर, ५ असार(रासस): प्रदेश नं १ प्रदेश सभाको आज बसेको बैठकमा आगामी आर्थिक वर्ष २०७९÷८० को राजस्व र व्ययको वार्षिक अनुमान माथि सामान्य छलफल शुरु भयो ।

छलफल शुरु हुनु अघि आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आब्बोले सरकारले उत्पादन र उत्पादकत्व बढाउन बजेटमा विशेष व्यवस्था गरेको बताउनुभयो ।

उहाँले आयातलाई प्रतिस्थापन गर्न उत्पादन र उत्पादकत्व बढ्नु पर्ने धारणा राख्दै सरकारले पूर्वाधार विकासमा पनि बजेट विनियोजन गरेको छ भत्रुभयो । मन्त्री आब्बोले दीर्घकालीन र तत्कालीन आवश्यकतालाई पूरा गर्न बजेट फलदायी रहेको चर्चा गर्दै विनियोजित बजेटको स्रोतका चाप नपर्ने धारणा राख्नुभयो ।

विशेष समय
नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले सुनसरीको दुहबी इनरुवा सडक खण्ड जीर्ण अवस्थामा रहेकाले यसको स्तरोत्रति गर्न बजेट व्यवस्था हुनु पर्ने माग गर्नुभयो।

। उहाँले सवारीको चाप र आर्थिक भार कम गराउने यो सडक निकै महत्वपूर्ण भएकाले प्रदेश सरकारको ध्यान जाओस् भन्नुभयो ।

नेता कोइरालाले सुनसरीको ठूलठूला नदीले वर्षेनी गर्ने कटान र डुबानबाट आम नागरिकलाई बचाउन तथा त्यसभित्र निर्माण भएका संरचनाहरुलाई जोगाउन पनि नदी नियन्त्रणको ठोस योजना ल्याउनु पर्ने धारणा राख्दै प्रदेशको नामकरण गर्न छलफल र बहस गर्न के को सङ्कोच भत्रुभयो । प्रदेशमा अनेक नामका सम्भावना छ त्यसमा छलफल र बहस गर्नु पर्ने सुझाव राख्दै नेता कोइरालाले भत्रुभयो, ।।। विभित्र कारणले रोक्का रहेको जग्गा फुकुवा गर्न प्रदेश सरकार मार्फत सङ्घीय सरकारको ध्यानाकर्षण गराउनुभयो । पूर्वी पश्चिम बन्ने रेल मार्ग र विराटनगर विमान स्थलको स्तरोत्रति गर्न रोक्का रहेका जग्गाका कारण उच्च शिक्षाअध्ययन गर्न चाहने विद्यार्थीहरु मर्कामा परेको जानकारी दिँदै नेता कोइरालाले जनतामा निराशा उत्पत्र हुन नदिन सरकार सचेत रहनु पर्छ भन्नुभयो ।

सामान्य छलफल प्रदेश सभा सदस्य कुसुमकुमारी श्रेष्ठले प्रस्तुत राजस्व र व्ययको वार्षिक अनुमानित बजेटमा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रममा प्रत्येक सांसदलाई रु.एक करोड विनियोजन भएकोमा खुशी व्यक्त्त गर्नुभयो । उहाँले यस्ता कार्यक्रमले जनता र प्रदेश सरकारसँग जोडिन मद्दत गर्ने भन्दै सरकाले प्रविधि हस्तान्तरण र लघु उद्योगमा विशेष जोड दिनु पर्ने माग गर्नुभयो ।

प्रदेश सभाको अर्को बैठक भोलि दिउँसो १ः३० बजे बस्नेछ ।

प्रतिक्रिया