घरबाट कार्यालय जान लाग्दा गोंगबुचोकमा पुगेर बस बिसौनीमा कार्यालय जान लागेका कर्मचारीहरुसंग केही समय उभिएर बसलाई कुरे । केही समयपछि एउटा सरकारी कार्यालयको बस आइपुग्यो । बस आइपुगेपछि मसंग उभिएका कर्मचारीहरु बसभित्र पसे । म पनि मेरो कार्यालयको बाटो हुदै त्यो बस जाने भएकोले बसभित्र पसे । म बसभित्र छिर्न नपाउदै बस चलाउने चालकले तपाई कहाँ जाने ? भने । म एअरपोर्टसम्म जाने हुँ मैले भने । उसको ससुरालीबाट पाएको पेवा जस्तै ठानेर “तपाई ओर्लिहाल्नुस् त, यो बस एअरपोर्ट जादैन” बस चलाउने चालकले भने । चालकले त्यसो भनेपछि म त्यो बसबाट ओर्लेर अर्को बस चढेर आफ्नो कार्यालय पुगेँ । कार्यालय पुगेपछि मैले म सरकारी कर्मचारी हुँ भनेको भए ओर्लिनु पर्ने थिएन त्यो बसबाट भन्ठाने । बस चलाउने चालकले मलाई एअरपोर्ट जाने भनेको हुंदा एअरपोर्टबाट काठमाडौंबाहिर कतै जान लागेको यात्रु भन्ने सोच्यो होला मैले भन्ठाने ।
मेरो निधारमा कर्मचारी भनेर लेखेको नहुंदा उसलाई म कर्मचारी हुं भनेर के थाहा होस् । अर्को दिन त्यो बसमा चढेको एकजना कर्मचारीले म तपाईसंग माफी माग्न चाहान्छु है हाम्रो बसको ड्राइभरले तपाईलाई बसभित्र चढ्न नपाउदै ओह्रालेको हुंदा मलाई ठूलो चित्त दुख्यो नि दुई हात जोडेर भन्यो । “छिमेकी देश भारतसँग नाकाबन्दी भएर अहिले यो देशमा इन्धनको अभाव भएको बेलामा मलाई चिन्नु हुने तपाईहरु मध्ये एकजनाले यो कर्मचारी हो भनेर बोलिदिनु पनि भएन मैले पनि म कर्मचारी हुं भनेर बोल्ने मौका गुमाएँ के गर्ने साथी ? यो कुरालाई अब बिर्सिदिउ अर्को चोटिदेखि यस्तो घटना नदोहोरियोस् भन्न चाहान्छु” मैले पनि दुई हात जोडेर भने । मौकामा बोल्न नसकेपछि धोका पाइँदोरहेछ ।
सामाखुसी मार्ग, ९३५÷५४,
काठमाडौं (नेपाल)
प्रतिक्रिया