एकल महिलाको पिडा दर्शाउदै भक्तको गीत ‘रुदा रुदै’

इनेप्लिज २०७९ असार ३ गते ११:११ मा प्रकाशित

काठमाडौंँ । ‘पीर’ गीत जस्तै सामाजको यर्थाथ माथि प्रहार गरिएको अर्काे ससक्त गीत ‘रुदा रुदै’ सार्वजनिक भएको छ । गायक भक्त प्रधानको स्वरमा सार्वजनिक गीतले एकल महिलाको आवाज बेजोड रुपमा उठाएको छ ।

गीतको आकर्षक भिडियो पनि बनेको छ । सुरविर पण्डित, रस्मि भट्ट, शिशिर भण्डारी, जुना कार्की, नरेश संग्रौला लगायतको अभिनय छ । भिडियोले दलित र बाँहुन समुदायको प्रेम र एकल महिलाको पिडा देखाएको छ ।

महिला तथा एकल महिलाको आवाज उठाउने एन्जियोर आइएन्जियो शहर केन्द्रित भएको कारण गाउँघरमा एकल महिला अझै दर्दनाक पिडा भोग्न बाध्य भएको कथा भिडियोले देखाएको छ । भिडियोका निर्देशक मुनाल शिशिर कोइराला हुन् ।

एकल महिलाले पनि आफ्नो इच्छा अनुसार आफ्नो दोस्रो जिन्दगी सुरु गर्न पाउनुपर्छ भन्ने सन्देश भिडियो मार्फत आफुले दिन खोजेको निर्देशक कोइरालाले बताए ।

‘महिलाको बिषयमा काम गर्ने बिभिन संघसंस्था छन् । ति सबै शहर केन्द्रीत बढी देखिन्छ’ निर्देशक कोइरालाले भने ‘एकल महिलाको बिषयमा कामगर्ने संस्था पनि दुर्गम पुग्न सकेको छैन ।’ भिडियोले महिलाको बिषयमा काम गर्ने संस्थालाई झकझक्याउने र गाउँमा पुर्याउन मद्दत गर्ने कोइरालाको धारणा रहेको छ ।
भिडियोले एकल महिलाले जिन्दगी जोसँग काट्न मन छ । त्योसँग काट्न समाज किन बाधक ? भन्ने पश्न समेत उठाएको छ । नितेश राईको शब्द तथा संगीत रहेको गीतको एरेन्जर राजु कार्कीले गरेका हुन् ।

दीपक गिरीको छायांकन, सिलन लम्सालको सम्पादन रहेको भिडियो विकल्प क्रियसनको प्रस्तुतिमा योङ माइन्डस् इन्टरटेनमेन्टले निर्माण गरेको हो ।

प्रतिक्रिया