बाध्यता

अरुणबहादुर खत्री ‘नदी’ २०७९ असार १ गते १०:५८ मा प्रकाशित

ब्राह्मण परिवारमा जन्मेकी देवकीले तल्लो जातकालाई आफ्नो घरमा पस्न दिदैनथी । उनीहरुले पकाएको खाना पनि खादैनथी । धाराबाट पानी पनि आफैंले बोकेर ल्याउथी । कतै बसमा चढेर टाढाको यात्रा गर्दा पनि आफ्नै साथमा लगेको खानेकुरा खान्थी ।

तल्लो जातकाले छोएको खाना बाचुन्जेल खान्न भन्दथी । यत्तिकै चल्दै थियो । देवकीका जागिरे श्रीमान परलोक भए । देवकी पनि बिमारी भई दुई महिना जति थलिइसकेकी थिई । घरमा ऊ बाहेक अरु कोही थिएन । उसका छिमेकीले डाक्टरलाई देखाउन लगे । उसको शरीर कमजोरी भएकोले माछामासु खानुपर्छ आराम गर्नुपर्छ पानीको गाग्री उठाउनु हुँदैन भनी डाक्टरले सल्लाह दिए ।

त्यसपछि माछामासु पनि खान विवश भई । जब उसलाई घरमा काम गर्ने मान्छेको साह्रै खाचो भयो । आफन्तलाई जात मिल्दो एउटा काम गर्ने खोजीदिन आग्रह गरी बल्ल बल्ल तल्लो जात भएर घृणा गरिएकी एउटा केटी फेला पारेर उसका माइतीले ल्याइदिए । पहिले जति नाकठीक गरे पनि अहिले खाना पकाउने एउटा मान्छेको जरुरी थियो । त्यसैले बाध्यता गर्दा पुराना कुरा सबै बिर्सिएर उसले त्यसै केटीलाई राखेर आफ्नो काम चलाउन थाली ।

सामाखुसी मार्ग, काठमाडौं
मोबाइल नम्बर ९८४१७९७६६४

प्रतिक्रिया