क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो दोस्रो पटक कोरोना संक्रमित भएका छन् । उनले कोभिड परीक्षण गर्दा उनि संक्रमित भएको देखिएको छ ।
ट्रुडोले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग व्यक्तिगत रूपमा भेटेको केही दिनपछि दोस्रो पटक कोभिड-१९ बाट संक्रमित भएका हुन ।
आफू संक्रमित भए पछि सबैलाई खोप लगाउन आग्रह गरेका छन् । ट्रुडोले खोप लगाएकाले आफू ठिक भएको बताए ।
लस एन्जलसमा अभाएको शिखर सम्मेलनमा उनले बाइडेन र अन्य नेताहरूसँग भेट गरेपछि उनको जाँच जर्दा उनि संक्रमित भएको नतिजा आएको हो ।
बाइडेनले शुक्रबार ट्रुडोसँग “पारिवारिक तस्बिर ” खिचे र बिहीबार उनीसंग भेटेका थिए ।
ट्रुडोलाई गत जनवरीमा पनि कोरोना भएको थियो । उनि आफ्नी श्रीमतीलाई पनि कोरोना लागे पछि महामारीको शुरुवाती महिनाहरूमा घरमा एकान्तवास बसेका थिए।
क्यानडामा कोरोनाभाइरस विरुद्धको खोप लगाउने राष्ट्रहरुमा विश्वको उच्च दरहरू मध्ये एक हो भनि एबिसीन्यूजले समाचार लेखेको छ
प्रतिक्रिया