आगामी संसदीय निर्वाचनमा पार्टी अध्याधिक स्थानमा विजयी हुने –नेकपा एमाले अध्यक्ष ओली

इनेप्लिज २०७९ जेठ २७ गते १०:३१ मा प्रकाशित


विराटनगर,२७ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली जनताले आगामी प्रदेश र संसदीय निर्वाचनमा पार्टीलाई अत्याधिक स्थानमा विजयी गराउने बताउनु भएको छ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले नेकपा एमाले सङ्घीयता र लोकतन्त्रको रक्षा गर्न प्रतिवद्ध रहेको रहनुका साथै संविधान निर्माणमा महत्वपूर्ण भूमिका निभाएको कारण जनताले संसदीय निर्वाचनमा पहिलो पार्टी बनाउने धारणा राख्नु भयो ।

अध्यक्ष ओलीले आगामी ससदीय निर्वाचनमा अन्य कुनै वामपन्थी पार्टीसँग गठबन्धन नहुने बताउनु भएको छ।

उहाँले मुलुकमा नेकपा एमाले मात्र वामपन्र्थी पार्टी रहेको तथा अन्य पार्टीहरु वामपन्थी नभएको स्पष्ट पार्नु भयो ।

पूर्वप्रधानमन्त्री ओलीले नेकपा एकीकृत( समाजवादी)का कार्यकर्ताहरुलाई पार्टीमा आएमा समाहित गर्ने बताउनु भयो ।

उहाँले विगतमा पार्टीले संसद विघटन गरी नयाँ निर्वाचनको नयाँ मिति घोषणा गर्नुलाई प्रतिगमन नभएको प्रष्ट पार्नु भयो ।

एक प्रश्नको जवाफमा अध्यक्ष ओलीले आफुले अन्य पार्टी नेताहरुलाई प्रधानमन्त्री बनाउने सम्वन्धमा कुनै आश्वासन नदिएको बताउनु भयो ।
उहाँले स्थानीय पालिकाको निर्वाचनले सबै निर्वाचनको स्थिति तय नगर्ने भन्दै सिट सब्ख्याको हिसावले केही कम आएर दोसो भए पनि लोकप्रिय मतको हिसावले पार्टी पहिलो भएको दावी गर्नु भयो ।

पूर्व प्रधानमन्त्री ओली देशभक्त, लोकतान्त्रि, भ्रष्टाचार मुक्त अभियान गर्ने नेकपा एमालेलाई पालिका निर्वाचनमा हराउन अन्य छ देखि सात पार्टीको गठबन्धन लागेपनि निर्वाचनमा अध्याधिक स्थानमा पार्टीका उम्मेदवार विजयी भएको बताउनु भयो ।

प्रतिक्रिया