समृद्ध विराटनगर बनाउनेगरि कामको थालनी गरेको छु, डुबानको समस्या समाधान गर्छु : मेयर कोइराला (भिडिओसहित)

इनेप्लिज २०७९ जेठ २४ गते २:५६ मा प्रकाशित

काठमाडौं, २४ जेठ । विराटनगर महानगरका नवनिर्वाचित मेयर नागेश कोइरालाले आफूले समृद्ध महानगर बनाउनेगरि कामको थालनी गरेको बताएका छन् । विराटनगरको मुख्य समस्या डुबान रहेको भन्दै यसलाई समाधान गर्नेगरि काम गर्ने उनले विश्वास दिलाए ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले विराटनगरवासीहरुको अर्को गुनासा कर धेरै महँगो भएको भन्ने रहेकोले यसलाई न्यूनीकरण गर्ने बताए ।

उनले विराटनगरको विकासको लागि केन्द्रीय सरकारको सहयोग अपरिहार्य रहेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले पनि आफूलाई सहयोग गर्ने विश्वास दिलाए । उनले आफूले भ्रष्टाचार नगर्ने र भ्रष्टाचार गर्नेहरुलाई पनि नछोड्ने चेतावनी दिएका छन् ।

उनले भ्रष्टाचारलाई न्यूनीकरण गर्ने प्रतिबद्धता जनाए । उनले विराटनगर महानगरमा आगामी ६ महिनाभित्र सबै क्षेत्रमा सुधारोन्मुख हुने सुनाए । जनताले महानगरमा अब काम हुन थाल्यो है भन्ने अनुभुत गराउनेगरि ६ महिनाभित्र सबै क्षेत्रमा हाल्ने पनि कोइरालाको भनाई छ ।

 

प्रतिक्रिया