महामारीमा मादक पदार्थ सेवन गरेको बिषयलाई लिएर बेलायती प्रधानमन्त्रि बोरिस जोन्सनले अविश्वासको प्रस्ताव बिरुद्ध सामना गर्नु पर्ने भएको छ । यदि उनि बिरुद्ध मतदान पारित भएमा उनको प्रधानमन्त्रीको कुर्सीबाट उनि हट्नेछ ।
उनको आफ्नै कन्जरभेटिभ पार्टी(दल )(का आक्रोशित सांसदहरूले उनीमाथि अविश्वासको मत दिएपछि बोरिस जोनसनलाई सोमबार बेलायतको प्रधानमन्त्री पदबाट हटाउन सकिने छ ।
टोरी ब्याकबेन्चर्सको १९२२ समितिका अध्यक्ष ग्राहम ब्राडीलका अनुसार दलका सांसदहरूको आवश्यक पर्ने ५४ वटा अविश्वासको मत दिने बिषयमा पत्रहरू प्राप्त गरि सकेको बताए ।
उनि बिरुद्ध अविस्वासको मतदान सोमबार ६ बजे देखि ८ बजे बीचमा सोमबार स्थानीय समय हुने सिएनएनले समाचार लेखेको छ ।
यदि सामान्य बहुमतले जोनसनको बिरूद्ध मतदान गरे भने उनी कन्जरभेटिभ पार्टी(दल )को नेताको पद छोड्न बाध्य हुनेछन् । प्रतिस्थापन भएमा उनको प्रधानमन्त्री पदको पनि समय समाप्त हुनेछ।
विपक्षी लेबर पार्टी(श्रम दल)का नेता केयर स्टाररले सोमबारको विश्वासको मतमा बोरिस जोनसनलाई हटाउन कन्जरभेटिभ(रूढ़िवादी) सांसदहरूलाई आग्रह गरेका छन्।
सन् २०१९ को कन्जरभेटिभ नेतृत्वको चुनावमा जोनसनसँग पराजित भएका जेरेमी हन्टले आज राति प्रधानमन्त्रीविरुद्ध मतदान गर्ने बताएका छन्।
प्रतिक्रिया