जेलेन्स्कीद्वारा मेरीउपोलमा रूसी सेनाद्वारा मारिएका चलचित्र निर्मातालाई श्रद्धांजलि अर्पण

इनेप्लिज २०७९ जेठ २३ गते १:४० मा प्रकाशित

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अप्रिलमा मेरीउपोलमा रूसी सेनाद्वारा मारिएका लिथुएनियाली चलचित्र निर्माता मान्टास क्वेडाराभिसियसलाई आइतबार श्रद्धाञ्जली अर्पण गरे।

जेलेन्स्कीले लिथुएनियाको राजधानी भिल्नियसमा आयोजित लिथुएनियाली राष्ट्रिय चलचित्र पुरस्कार “सिडाब्रिने गेर्भे” मा उपस्थित अतिथिहरू र सहभागीहरूलाई पहिले नै निर्मित अङ्किय दृश्य (भिडियो)मार्फत सम्बोधनमा आफ्नो टिप्पणी गरे।

“सत्य सहनु महत्त्वपूर्ण छ। जीवनको लागि कलालाई समर्थन गर्नु महत्त्वपूर्ण छ, त्यो जीवनलाई नष्ट गर्न चाहनेहरूको लागि होइन,” जेलेन्स्कीले आइतबार भने।

“युक्रेनीहरूले मान्टास क्वेडराभिसियसलाई त्यस्तै मानिसको रूपमा सम्झनेछन्। जीवनलाई खतरामा पार्ने कुराको विरुद्धमा उनि सधैं बोल्थे । उनको एकदमै ध्यान दिने दृष्टिकोण थियो,” जेलेन्स्की भने ।

जब उनी मारिए अझै पनि उनको चलचित्र मेरीउपोल २ बनाउने प्रक्रियामा थिए । जुन रूसी आक्रमण पछि घेरेको शहरको जीवन चित्रण गर्ने वृत्तचित्र हो। उनको युक्रेनी साझेदार हन्ना बिलोब्रोभाले निर्माण गरेको यो चलचित्र मे १९ र २० मा प्रतिष्ठित कान्स चलचित्र उत्सवमा प्रदर्शन गरिएको थियो।

“र युक्रेन मेरीउपोल र यो तथ्यलाई सम्झनुहोस् कि यो युद्धले मान्टासको ज्यान लियो। युक्रेन विरुद्ध रुसको युद्ध समाप्त हुनुपर्छ। सकेसम्म चाँडो अन्त्य होस्,” उनले जोड दिए।

लिथुवेनिया गणतन्त्रका प्रधानमन्त्री इन्ग्रिडा सिमोनिटेको संरक्षणमा वार्षिक रूपमा चलचित्र पुरस्कार महोत्सव आयोजना गरिन्छ र लिथुवेनियाको राष्ट्रिय दूरदर्शनमा प्रत्यक्ष प्रसारण गरिन्छ।

प्रतिक्रिया