विराटनगर,२० जेठ । वंश जोगाउने चाहनाले मुलुकमा विभेदपूर्ण लिङ्ग छनौट कार्य वृद्धि भइरहेको सहभागीहरुको भनाइ रहेको छ।
उनीहरुले भ्रुण पहिचान सहज भएका कारण गर्भपतनमा वृद्धि भएकोले यसको रोकथामका लागि कानूनको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिनु भएको छ।
स्वास्थ्य तथा जनसब्ख्या मन्त्रालय एवं कृपा सस्थाद्वारा आज यहाँ आयोजित विभेदपूर्ण लिङ्ग छनौट अन्त्यका लागि राष्ट्रिय रणनीति २०७८÷२०८८ प्रदेश स्तरीय कार्यालय गोष्ठीमा उहाँहरुले समाजमा छोरालाई प्राथमिकता दिएका कारण छोरीको सब्ख्या घट्दै गएको धारणा राख्नु भयो ।
मन्त्रालयका सह सचिव इन्द्रमणि पोखरेल, प्रदेश नं १ स्वास्थ्य मन्त्रालयका सचिव डा अनुज भट्टचन, विराटनगर महानगरपालिकाका उपप्रमुख शिल्पा निराला कार्की, कोशी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा यज्ञराज खरेलले कानूनमा १२ हप्ताको गर्भपतनलाई जायज भनेपनि लिङ्ग पहिचान गरेर गरिने कार्य अपराध भएको बताउनु भयो ।
उहाँहरुले समाजमा महिलालाई महत्व दिएमा लिङ्ग पहिचान अन्त्य गर्न सहयोग पुग्ने धारणा राख्नु भयो।
स्वास्थ्य तथा जनसब्ख्या मन्त्रालयका उप सचिव रोशनीदेवी कार्की,कृपाका निर्देशक आनन्द तामाब, अर्चना श्रेष्ठ र सोनालक्ष्मी कर्माचार्यले विकास र समृद्धिका लागि लिङ्ग छनौट अन्त्यका लागि आवश्यक रणनीति तयार गरिएको जानकारी दिनु भयो ।
मुलुकमा ६० प्रतिशत महिलाहरुले छोराको चाहना राख्ने गरेको एक तथ्याबमा उल्लेख गरिएको छ।
प्रतिक्रिया