भानु नपा ७ गोर्खालीछाप निवासी सुसन थापा मगरलाई नेकपा (माओवादी केन्द्र) भानु ७ ले आज एक समारोहका विच सम्मान गरेको छ ।
HST ADVENTURES TRAVEL COMPANY मा गाईडको रुपमा कार्यरत थापाले गत बैशाख ३० गते विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएको थियो ।
उहाँ नेकपा (माओवादी केन्द्र) भानु ७ वडा समिति सदस्य मन वहादुर थापा मगरका छोरा समेत हुनुहुन्छ ।
भानु नगर समितिका सदस्य विश्वबन्धु खड्का वडा समिती अध्यक्ष जीवन कुमार श्रेष्ठ वडा सदस्य राम व थापा भिम व गाछा मगर लगायतको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा उहाँलाई पार्टीको तर्फबाट सम्मान पत्र प्रदान गरिएको थियो । साथै माओवादी केन्द्रका केन्द्रीय सदस्य ओम कुमारी पौडेलले एउटा स्वाभिमानी बाबुको छोरा तपाईं प्यारो भाइ सुसनले हामी भानुवासी सवैको शीर उचो राखेको भन्दै सामाजिक सन्जाल मार्फत शुभकामना व्यक्त गरेकी छन ।
उनले सुसन थापा मगर निकै मेहनती परिवारमा जन्मनु भएका र एक स्वाभिमानी बाबुको सन्तान भएका कारण सधैं समग्र भानुवासी र देशको इज्जत राखेर काम गर्ने विश्वास व्यक्त गरेकी छन । थापाको लगनशिलता र मेहनतलाई उनले सम्मान गर्दै यसरी नै सधै सधै आफ्नो परिवार र समाजको ध्येयमा काम गर्नु राष्ट्रले एक दिन तिमीलाई जरुर चिन्ने छ तिम्रोे योगदानको कदर गर्नेछ भन्दै बधाई ज्ञापन गरेकी छन ।
उक्त कार्यक्रममा पार्टीका अन्य तमाम नेता कार्यकर्ता र आम जनमानसको उपस्थितमा सम्मान एव शुभकामना व्यक्त गरिएको थियो ।
प्रतिक्रिया