मेलम्चीको पानी

अरुणबहादुर खत्री “नदी” २०७९ जेठ १९ गते २:५६ मा प्रकाशित

रामबहादुरले आफ्नो नाति सुमनसँग भने “म बाँचुन्जेल मेलम्चीको पानी काठमाडौंमा आउने भएन । मेलम्चीको पानी खाएर मर्ने ठूलो इच्छा थियो मेरो पुरा हुने भएन ।” “हजुरबाको इच्छा पुरा हुन गाह्रो छ हरेक साल कहिले असारसम्म कहिले असोजसम्म मेलम्चीको पानी देशको राजधानीमा आइपुग्नेछ र राजधानीका बासिन्दाहरुकोे घर घरमा मेलम्चीको पानी पुगेर पिउन पाउने छन् भनेर नेता मन्त्रीहरुले भाषण गर्छन् म बाचुन्जेल पनि आउला जस्तो छैन” नाति सुमनले भने ।

“मेलम्चीको पानी पिउन ठूलो इच्छा थियो मलाई पिउन पाउने भइन नि के गर्ने नाति ?” हजुरबाले भने । “हजुरबालाई मेलम्चीको पानी पिउन इच्छा छ भने एकदिन म आफै मेलम्चीमा पुगेर एकजार भए पनि मेलम्चीको पानी हजुरबालाई पिउन दिन ल्याउछु नि त” नाति सुमनले भने ।

सामाखुशी मार्ग, ९३५÷५४,
मोबाइल नम्बर ९८४१७९७६६४
काठमाडौंं

 

प्रतिक्रिया