कवि कमलप्रसादको कवितासङ्ग्रहको विमोचन कार्यक्रम हुंदा कवयित्री पूर्णलक्ष्मीले आफ्नो कवितासङ्ग्रहको निमन्त्रणा त्यहाँ उपस्थित भएका साहित्यकारहरुलाई बाड्दै थिइन् । कवि रमेशलाई चाहि उसले निमन्त्रणा कार्ड दिन छुटाइन् र मलाई चाहि आफ्नो कवितासङ्ग्रको विमोचन कार्यक्रमको निमन्त्रणा किन पूर्णलक्ष्मीले नदिएको होला कवि रमेशले मनमनै भन्यो ।
त्यहाँ उपस्थित भएका कवि गोविन्दप्रसादले “अर्को शनिबार पूर्णलक्ष्मीको कवितासङ्ग्रहको विमोचनमा पनि हामी दुईजना आजको जस्तै संगै गफ गर्दै आउने हैं रमेशजी ?” भने । “खैं मलाई उनले निमन्त्रणा कार्ड नै दिइनन् कसरी संगै गफ गर्दै आउने हामी ? निमन्त्रणा नगरीकन” कवि रमेशले भने । अर्को कवि धु्रवप्रसादले “निमन्त्रणा नगरेको नै ठीक भयो नि हाम्रो रमेशजीलाई निमन्त्रणा गर्यो भने आउनको लागि गाडी खर्च पनि आफ्नै जान्छ उहाँको गाडी खर्च नै बच्ने भयो नि उहाँलाई निमन्त्रणा नगर्दा” भने ।
सामाखुसी मार्ग, सरकारी धारा, काठमाडौं
प्रतिक्रिया