हजुरबा भैसकेका रामबहादुरले बाटोमा हिँडीरहदा दुईजना नवजोडीहरु आफ्ना सुरमा मायाप्रितीका गफ गर्दै अगाडि हिँड्दै हुन्छन् । बाटोमा पाकेट रुमाल खसेको देख्ने बित्तिकै नवजोडीहरुलाई “यो रुमाल तपाईहरुको हो” भनेर रामबहादुरले करायो । ती नवजोडीहरुले “यस्तो बुढो मान्छे भएर हामीलाई जिस्क्याएर ढाट्दै हिँड्न लाज लाग्दैन तपाईकै रुमाल होला नि” भने । “मैले त बाटोमा खसेको देखेर तपाईहरुको रुमाल होला भनेर सोधेको नि मैले यो बुढेसकालमा अरुलाई जिस्क्याएर ढाटेर के पाउँन सक्छु र ?” रामबहादुरले भने ।
-अरुणबहादुर खत्री “नदी”
सामाखुसी, सरकारी धारा, काठमाडौं
प्रतिक्रिया