अन्तर विद्यालय कराते प्रतियोगिताको उपाधि जेसीबाल सदनलाई

इनेप्लिज २०७९ जेठ १४ गते १५:४२ मा प्रकाशित

विराटनगर ,१४ जेठ । पहिलो मिल्स अन्तर विद्यालय सितेरियो कराते प्रतियोगिताको उपाधि विराटनगरस्थित जेसी बाल सदन स्कुलले जितेको छ ।

रानी युवा क्लब विराटनगर –१६ द्वारा आयोजित र मिल्स डोजो रानीको संयोजनमा आज यहाँ भएको प्रतियोगितामा जेसी बाल सदन स्कुल प्रथम भएको हो ।

प्रतियोगिताको द्धितीय विराटनगरस्थित गोदावरी बोडिङ स्कुल र तृतीय विराटनगरकै गौतम बुद्ध मेमोरियल स्कुल घोषित भएको छ ।प्रतियोगितामा विराटनगरका एक दर्जन बढी निजी विद्यालयहरूबाट ६० भन्दा बढी करातेका विद्यार्थी खेलाडीहरूको सहभागिता रहेको संयोजक रीना श्रेष्ठले जानकारी दिइन् । प्रतियोगितामा २० केजी समूहदेखि ६० केजी भन्दा बढी तौल समूहका खेलाडीहरूबीच प्रतिस्पर्धा भएको थियो ।

प्रतियोगितामा ४० केजी समूहतर्फ केशव साह, मिहाङ्ग देवान र तेजस देव क्रमशः प्रथम, द्धितीय र तृतीय भएका थिए ।

प्याब्सन मोरङको अध्यक्ष सीतला सुब्बा, नगर प्याब्सन विराटनगरको उपाध्यक्ष अर्जुन श्रेष्ठ, विराटनगर –१६ का वडाअध्यक्ष उद्धब भुजेल, रानी युवा क्लब विराटनगरका अध्यक्ष संजिव सुब्बालगायतले प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुने खेलाडीहरूलाई ट्रफि तथा प्रमाणपत्र वितरण गरेका थिए ।

प्याब्सन मोरङकी अध्यक्ष सुब्बाले विद्यालय स्तरदेखि खेलकुद क्षेत्रको विकास गरेर लैजानुपर्नेमा जोड दिदै खेलकुदको राष्ट्रिय खेलाडी उत्पादनमा ठूलो सहयोग पुग्ने बताउनु भयो ।

अध्यक्ष सुव्वाले सोही अवसरमा पुर्व कराते खेलाडी महेश श्रेष्ठलाई दोसल्ला एवं सम्मानपत्र द्वारा सम्मान गर्नु भयो । कार्यक्रममा विद्यार्थीहरूले सांस्कृति नृत्य पनि प्रस्तुत गरि मनोरञ्जन प्रदान गरेका थिए ।

प्रतिक्रिया