जेठ ६, पोखरा – पोखरा २५ सहस्रधारा घाटमा बडा नं २५ र ठेकेदारको मिलेमतोमा अनाधिकृत रुपमा सेती दोहन हुँदै आएको समाचार पटक पटक आएको थियो।यद्यपि उक्त समाचारको बेबस्ता गर्दै वडाको सेटिङमा ठेकेदार रामचन्द्र थापाले खोलाको मापदण्ड मिच्दै सार्वजनिक जग्गामा घाट संचालन गर्दै आएका छन्।
जिल्ला समन्वय समिति बाट सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगर्न पटक पटक पत्र काटेपनी थापाले अझै पनी उत्खनन जारी राखेको स्थानीय बताउँछन्।
आफ्नो निजि जग्गामा खानी संचालन गर्ने अनुमती लिएका ठेकेदार थापाले नजिकै रहेको सार्वजनिक जग्गा बाट समेत खुलेआम उत्खनन गरेको भेटिएको छ। महानगर संग पुन: सम्झौता गरि शर्तभन्दा बाहिर गएर खोला घाटमा कच्ची तथा पक्की खोरी निर्माण गरेर निजि जग्गा बाहेकको सार्वजनिक जग्गामा उत्खनन जारी राखेका छन्।प्राकृतिक सेतिको बहाब नै परिवर्तन गरि ठेकेदार थापाले ढुंगा,गिटि बालुवा निकासी समेत गरेका छन्।बालुवा झिक्नकै लागि थापाले सेती नदीको स्वरुप पनि फेरबदल गरिदिएका छन्।नदीभित्रै बाँध लगाएर बालुवा थुप्रने ठाउँ बनाएका छन्।दर्जनको संख्यामा त्यस्ता बाँध बनाएर बालुवा थुपार्ने र एकलौटी रुपमा निकाल्दै बेच्दै गरेको भनी उनीविरुद्ध नगरपालिकामा पनि अनेकौं उजुरी हुँदै आए पनि उनी खुलेआम उत्खनन गरिरहेका छन्।
यता सो घाटका संचालक ठेकेदार थापाले वरपरको सबै जग्गा आफ्नो भएको दावी गर्छन्।थापा यतिमै सिमित छैनन्, उनले अबैध उत्खनन संगैको सार्वजनिक जग्गामा बिना अनुमती बंगुर फार्म गर्न विभिन्न व्यक्तिलाई जग्गा भाडामा दिएका छन्।
सार्वजनिक सम्पत्तिको दोहन गर्दै जग्गा भाडामा लगाएर रकम असुली गरेका थापालाई न वडा कार्यालयले कारबाही गर्न सकेको छ न त महानगर नै केही बोल्न सकेको छ।
प्रतिक्रिया