फ्रान्सको क्यान्स चलचित्र महोत्वसमा एक महिलाद्वारा आधा माथिल्लो भाग निर्वस्त्र हुदै युक्रेनमा रुसी यौन हिंसाको बिरोध

इनेप्लिज २०७९ जेठ ८ गते २:०६ मा प्रकाशित

फ्रान्सको क्यान्स चलचित्र महोत्वसमा एक महिलाले आधा माथिल्लो भाग निर्वस्त्र हुदै युक्रेनमा रुसी सेनाहरुले दैनिक रुपमा यौन हिंसा गरेको कार्यको खुलेर बिरोध गरेकी छिन् ।

आफ्नो छाती र पेटमा नीलो र पहेंलो रङ्ग लगाएकी माथिल्लो भाग निर्वस्त्र रहेकी प्रदर्शनकारीले युक्रेनमा यौन हिंसाको विरोध गर्न क्यानस चलचित्र उत्सवको रातो गलैचामा कुदेर चिच्याउदै बिरोध गरिन ।

अपरिचित महिला छायाचित्रकार (फोटोग्राफर)हरूको पछाडिबाट निस्के पछि रातो गलैचामा जानु अघि आफ्नो लुगा फ्याकी चिच्याईन भनि याहु न्यूजले समाचार लेखेको छ ।

कार्यकर्ताहरुले उनको शरीरको माथिल्लो भागमा युक्रेनी झण्डाको रंग र साथै उनको छाती र पेटमा “हामीलाई बलात्कार गर्न रोक्नुहोस्” शब्दहरू चित्रित गरेका थिए ।

उनले सेतो अन्तरंग वस्त्र पनि लगाएकी थिइन जुन रातो रगतले ढाकेको जस्तो चित्र बनाईएको थियो ।

सुरक्षाकर्मीहरूले ती महिलालाई घेरा हालेका थिए र उनलाई कार्यक्रमबाट हटाउनु अघि माथि वस्त्रले बेरेका थिए । फ्रान्सेली नारीवादी समूह एससीयूएमले सामाजिक संजाल इन्स्टाग्राममा यसको एक सदस्य प्रदर्शनको पछाडि रहेको उल्लेख गरेका छन् ।

गत महिना युक्रेनले दुई हप्ता भित्रमा रुसी सैनिकहरूद्वारा यौन हिंसाको ४०० भन्दा बढी प्रतिवेदन प्राप्त गरेको बताएको थियो ।

युक्रेनको रक्षा मन्त्रालयले बिहीबार दुई दिनमा ६० भन्दा बढी बलात्कारको प्रतिवेदन प्राप्त गरेको र बालबालिकालाई पनि निशाना बनाइएको बताएको छ ।

प्रतिक्रिया